चिकित्साशास्त्रको सबै पुरस्कार छात्राको पोल्टोमा


प्रकाशित मिति :2016-02-14 14:09:23

महिला खबर

धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साशास्त्रको विभिन्न विषय र तहमा उच्च अंक ल्याउने विद्यार्थीलाई नियमित दिँदै आएको चार वटा प्रतिष्ठित पुरस्कार सबै छात्राले जितेका छन् ।

प्रतिष्ठानद्वारा शनिवार आयोजित १२ औं दिक्षान्त समारोहमा एमविविएसमा उच्च अंक ल्याउनेलाई दिइने उपकुलपति स्वर्ण पदक, नारायण गोविन्द स्वर्ण पदक र डा अवधनारायण स्मृति पुरस्कारबाट एमविविएसकी डा. स्नेहल अग्रवाल पुरस्कृत भएकी छन् । उनले तीन वटै पुरस्कार आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् । उनी २००९ मा भर्ना भएकी विद्यार्थी हुन ।

1

यसैगरी दन्तचिकित्सा तर्फ विडिएसकी एलिना तुलाधरले उपकुलपति स्वर्ण पदक र हरीमान–उमादेवी स्वर्ण पदक गरी दुई पदक हात पारिन् । विएस्सी नर्सिङ विषय तर्फ २०११ व्याचकी सुजाता कार्कीले पनि उपकुलपति स्वर्णपदक हात पार्न सफल भइन् । छात्रहरू पुरस्कार विहिन भएको यो पहिलो पटक हो ।

छोरीलाई पनि चिकित्साशास्त्र पढाउन सके छात्र भन्दा राम्रो अंक ल्याउन सक्छन् भन्ने उदाहरण यी तीन जनाले दिएका छन् । उनीहरूलाई कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पदक र प्रमाणपत्र दिँदै बधाई दिएका थिए ।

2

दिक्षान्त समारोहमा उल्लेख्य संख्यामा छात्रा पनि दीक्षित भएका थिए । चिकित्साशास्त्रका विभिन्न विधामा ३ सय ३१ जना दीक्षित भएका मध्ये स्नातकोत्तर एमडी/एमएस तहमा अध्ययनरत जनामा २०, एमडीएस तहमा ५ जना छात्रा दीक्षित भएका छन् ।

3

दीक्षित हुनेहरूमा एमविविएस तर्फ १ सय ६ जनामा २२ छात्रा रहेका छन् । दन्तचिकित्साको विडीएसमा ३३ जनामा १३ जना, विएस्सी एमएलटीमा १० जनामा दुईजना, विएस्सी एमआइटीमा ४१ जनामा ३५ जना छात्रा दीक्षित भएका छन् ।

विएस्सी नर्सिङमा २४ जना नै छात्रा दीक्षित भएका छन् । एमएस्सी नर्सिङमा २३ जनामा २१ जना दीक्षित भएका छन्  । चिकित्साशास्त्रको एमएस्सी अाधारभूत विज्ञानमा सात जनामा एकजना छात्रा दीक्षित भएकी छन् ।

प्रकाशित मिति २०७२ फागुन २ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: