औद्योगिक प्रदर्शनीमा अाधा भन्दा बढी महिलाका उत्पादन समेटिने


प्रकाशित मिति :2016-02-14 16:36:39

नन्दा थापा
काठमाडौं । २७ औं राष्ट्रिय औद्योगिक तथा वस्तु प्रदर्शनीमा ६५ प्रतिशत महिलाका उत्पादन समेटिने आयोजकहरूले बताएका छन्।

फागुन ४ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने प्रदर्शनीमा हातबाट बनाइएका ६५ प्रतिशत महिलाका उत्पादन समेटिने अाज अायाेजित पत्रकार सम्मेलनमा घरेलुु साना उद्योग विकास समितिका कार्यकारी निर्देशक निलम ताम्राकारले जानकारी दिनुभयो।

“गौरव गराैं, स्वदेशी वस्तु प्रयोग गरौं” भन्ने नाराका साथ हुने प्रदर्शनीमा पुर्वेली ढाका, बाँस जन्य उत्पादन, अल्लो जस्ता प्राकृतिक रेशाबाट उत्पादित वस्तु, छालाका जुत्ता, हस्तकला खाद्य वस्तु एवं जैविक चिया र कफी, हाते कागज तथा ऊनीबाट बनेका उत्पादित वस्तु राखिने छ।

देशैभरीका महिला उद्यमीले उत्पादन गरेका बस्तु प्रर्दशनीमा देख्न सकिने कार्यकारी निर्देशक ताम्राकारको भनाई छ। ताम्राकारले विशेषगरी दुर्गमका महिलाले उत्पादन गरेका वस्तुलाई प्राथमिकतामा राखिने बताउनुभयो।

७५ वटै जिल्लाका २ जना उद्यमी महिलाले उत्पादन गरेका वस्तुलाई प्रदर्शनीमा राखिने र यस्तै अरु उत्पादनलाई पनि समावेश गरिने ताम्राकारले बताउनुभयो।

६ दिनसम्म चल्ने प्रर्दशनीमा ७ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा ताम्राकारले बताउनुभयो । प्रदर्शनीमा उत्कृष्ट उत्पादनलाई पुरस्कृत गरिने छ ।

कार्यकारी निर्देशक ताम्राकारका अनुसार प्ररदर्शनीमा राखिएका वस्तुलाई १५ वटा समूहमा विभाजन गरी प्रत्येक समूहबाट सर्वाेत्कृष्ट, उत्कृष्ट, विशेष द्वीतिय, तथा सान्त्वना पुरस्कार स्वरुप प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने छ।

प्रकाशित मितिः २०७२ फागुन २ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: