महिला खबर
ललितपुर । ललितपुर उप–महानगरपालिकालाई बालश्रम मुक्त घोषणा गर्न हरियो झण्डा अभियान सुरू भएको छ । जुन घरमा बालश्रम छैन त्यसमा हरियो झण्डा राखेर बालश्रम अन्त्यका लागि अभियान सञ्चालन गरिएको उपमहानगरपालिका प्रमुख कार्यकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । उप–महानगरपालिकाले हरियो झण्डा अभियान गत वर्षदेखि सुरू गरेको हो ।
ललितपुरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेको पाण्डेले बताउनुभयो । ललितपुर उप–महानगरपालिकाले २१ नम्वर वडाबाट हरियो झण्डा अभियान सुरू गरेको हो । पाण्डेका अनुसार बालश्रम राख्ने होटल तथा रेष्टुरेण्ट र नीजि कम्पनीहरूबाट श्रमिक बालवालिकालाई पुनःस्थापित गर्ने काम तिव्र पारिएको छ ।
उपमहानगरपालिकाका ५ वटा वडाहरूलाई हामी तत्काल बालश्रम मुक्त घोषणा गर्ने अभियानमा छौँ, त्यसका लागि आधारहरू तयार भइसकेको प्रमुख पाण्डेको भनाइ छ ।
प्रकाशित मिति २०७२ फागुन ३ गते सोमवार
Comment Here!