आयाेगको सिफारिसले समलिङ्गी खुसी


प्रकाशित मिति :2016-02-15 10:52:25

महिला खबर

झापा  । राष्ट्रिय मानवअधिकार आयोगले समलिङ्गी विवाहलाई मान्यता दिन सिफारिस गरेको  थाहा पाएका पूर्वका समलिङ्गीहरू  उत्साहित भएका छन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि काम गर्दै आएको नील हिरा समाज झापाकी कार्यक्रम प्रमुख चञ्चला सुब्बाले आफूहरूको मुद्दाको विषयमा आयोगले सरकारलाई सिफारिस गर्नु सुखद भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफूजस्ता जोडीले चाँडै कानुनी हैसियत पाउने हुँदा आयोगको सिफारिस स्वागतयोग्य भएको बताउनुभयो ।   पूर्वमा करिब ३०० जोडी सम्बन्ध लुकाएर बस्न बाध्य भएको  जानकारी सुब्बाले दिनुभयो ।

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषयमा २०६४ पुस ६ गते सर्वोच्च अदालतले दिएको आदेशपछि समलिङ्गी र तेस्रोलिङ्गीलाई लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन  सुरु गरिएको छ ।

नील हिरा समाजका अनुसार अहिलेसम्म नेपालका १२ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले आफ्नो पहिचानसहितको नागरिकता लिएका छन् ।
प्रकाशित मितिः २०७२ फागुन ३ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: