महिला खबर
काठमाडौं। सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरनस्ववियूको अध्यक्षमा नविना लामाले अध्यक्षमा उठ्ने घोषणा गर्नुभएको छ। गत विहीवारदेखि काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २२ औं महाधिवेशनमा निवर्तमान महासचिव रहेकी लामाले अध्यक्ष पदमा आफ्नो दावेदारी प्रस्ततुु गर्नुभएको हो।
पार्टीगत गुट हावी भएकाे महाधिवेशनमा संस्थापन पक्षकाे नेतृत्व लामाले र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षकाे नेतृत्व दिपक गाैतमले गरेका छन् । गाैतमले पनि अध्यक्षकाे उम्मेद्वारका रुपमा अाफूलाई अघि सार्नु भएको छ ।
स्ववियु सभापति हुँदै केन्द्रीय उपाध्यक्ष र महासचिवका रूपमा नेतृत्व गरिसकेको लामो अनुभवका आधारमा आफूले अध्यक्षमा उम्मेद्वारी दिएको लामा बताउनुहुन्बछ । अरूको तुलनामा वरिष्ठता र निरन्तरता मात्रै होइन, सक्षम र विद्यार्थी आन्दोलनलाई भ्रष्टीकरणबाट जोगाएर लानका लागि अाफूले उम्मेदवारी दिएकाे उहाँकाे भनाइ छ । समृद्धि र निर्माणको आन्दोलनलाई जोड्न तथा विगतको विरासत कायम राख्नसक्ने अगुवाका रूपमा आफूलाई अघि सारिएको उहाँ बताउनुहुन्छ।
एमाले अखिलको जारी महाधिवेशनमा महासचिव पदमा बाहेक अन्य पदाधिकारीमा महिलाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा नविना लामा कै प्यानलबाट सुनिता बराल उठ्नुभएको छ भने दिपक गौतमको प्यानलबाट राधिका खतिवडाले उपाध्यक्षको दाबेदारी प्रस्तुत गर्नुभएको छ। सचिवमा कमला बोहोरा र आरती लामाले उम्मेदवारी दिएका छन्।
अनुशासन आयोगमा निशा अधिकारीको उम्मेदवारी परेको छ। एकसय ४१ सदस्यीय कार्यसमितिका लागि हुने निर्वाचनमा महिलाका लागि सचिव, सचिवालय र केही केन्द्रीय सदस्यका लागि आरक्षणको व्यवस्था गरिएको छ। अखिलको वर्तमान विधानमा ३५ प्रतिशत महिला हुनुपर्ने व्यवस्था भएपनि अव ५० प्रतिशत बनाउनुपर्ने आवाज उठिरहेको प्रवक्ता आर सी लामिछाने बताउनुहुन्छ।
सोमवार हुने भनिएको निर्वाचन आन्तरिक तयारीका कारण हुन नसकेकोले मगंलवार विहान ७ बजेदेखि नै मतदान थालिने उहाँले बताउनुभयो। उहाँका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन र निर्वाचन कार्यतालिका बनाइने छ ।
प्रकाशित मितिः २०७२ फागुन ३ गते साेमवार
Comment Here!