अबको विद्यार्थी आन्दोलन शैक्षिक सम्वृद्धीका लागि हुनेछ : नविना लामा


प्रकाशित मिति :2016-02-15 15:29:49

 सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरनस्ववियूको अध्यक्षमा  नविना लामाले अध्यक्ष पदमा आफ्नो दावेदारी प्रस्ततुु गर्नुभएको छ। शैक्षिक गुणस्तर, निःशुल्क, समावेशी र व्यावसायिक शिक्षाको पक्षमा आफ्नो उम्मेदवारी भएको लामाको भनाइ छ। अवको विद्यार्थी आन्दोलन शैक्षिक सम्वृद्धीका लागि हुने महिला खबर डटकमका लागि यशोदा अधिकारीसँगको कुराकानीमा  लामाले बताउनुभयो।

अनेरास्ववियुको नेतृत्वका लागि मैदानमा हुनुहुन्छ, तयारी कस्तो गर्नुभाछ ?

देशभरिबाट आउने प्रतिनिधि साथीहरू मेरो पक्षमा मतदान गर्न आतुर छन्। सबै जिल्लाका अध्यक्ष, पूर्व अध्यक्षहरू पनि मेरै पक्षमा हुनुहुन्छ। पार्टीको आधिकारिक उम्मेद्वार नै म हुँ। लोकतान्त्रिक प्रक्रिया हो निर्वाचन। मलाई लाग्छ निर्वाचन भनेको एउटा प्रक्रिया मात्रै हो।

महाधिवेशनको माहोल, मैले उठाएका एजेण्डालाई सिंगो पार्टीको समर्थन रहेको हेर्दा पूर्व अध्यक्षहरू पनि मेरै पक्षमा उभिनु भएको छ। अहिले हेर्दा लाग्छ मैले निर्वाचन जितिसकेको अनुभूती भइरहेको छ। मात्र प्रक्रिया पुगेपछि आधिकारिक घोषणा हुनमात्रै बाँकी हो।

Nabina lama

अहिले समग्र विद्यार्थी आन्दोलन विकृत भयो भन्ने गुनासालाई प्रष्ट पार्न तपाई के गर्नुहुन्छ ?

शैक्षिक आन्दोलनको अभियन्ता नै विद्यार्थी संगठन हो। हामीले आफ्नो कार्यशैली र कार्यभार, सिद्धान्त र व्यवहारबीच एकरूपता कायम गर्न नसकेको अवस्था होला। विद्यार्थी आन्दोलनका विसंगतिलाई अन्त्य गर्न हामी निरन्तर लागिरहेका छाै‌ं। कतिपय अवस्थामा पुरुषहरूको नेतृत्वमा रहेका संगठनप्रति त्यस्ता आरोप आउने गरेका छन्।

म एउटा गाउँबाट आएको सीमान्तकृत समुदायकी महिला हुँ। म महिलालाई नेृतत्वमा पुर्याउने, आफ्नो हक अधिकारबारे सचेत गराउने, उनीहरूको क्षमता वृद्धि गर्ने, लगायतको काममा बढी केन्द्रीत रहनेछु। महिलाले नेतृत्व गरेपछि गुण्डागर्दी पनि कम हुन्छ। पुरुषजस्तो झगडा गर्ने, मारकाट गर्ने हामी गर्न सक्दैनौं। हामी कामलाई नै प्राथमिकता दिन्छौं। शैक्षिक गुणस्तर, निःशुल्क र समावेशी शिक्षा, व्यावसायिक शिक्षाको पक्षमा हामी आन्दोलन केन्द्रीत गर्नेछौं। टायर बाल्ने, बस जलाउने, कुटपिट गर्ने, आक्रमण गर्ने, सडक जाम गर्ने बन्द हड्ताल गर्ने काम कुनै हालतमा पनि गर्दैनौं ।

महिलालाई अझैपनि उच्च शिक्षाबाट वन्चित हुुनु परेको यथार्थ छ ? तपाईको उम्मेदवारीले यसमा के फरक पार्छ ?

हो, हाम्रो समाजमा महिलाहरूलाई स्कुल पठाइन्न। अझै पनि समाजमा भाई पढाउन दिदीले ज्याला गर्न जाने प्रचलन कायमै छ। बल्ल बल्ल छोरीले विद्यालयको आगन टेक्न पाएपनि विविध कारणले पढाईलाई निरन्तरता दिन पाइरहेका छैनन्। क्याम्पस पढ्न आउने भनेका त छानिएका महिलामात्रै हुन्।

तिनलाई प्रोत्साहन गर्न राज्यले योजना ल्याएको छैन। मैले पहिला पनि गाउँ गाउँबाट उच्च शिक्षाका लागि आउने महिला साथीहरूलाई विशेष छुट, छात्रावृद्धी योजना हुनुपर्छ भन्दै आएकी छु। आगामी दिनमा उनीहरूलाई यस्ता सुविधा दिन पढाईमा प्रोत्साहन गर्न, उनीहरूको क्षमता बढाउन लाग्नेछौं। अबको विद्यार्थी आन्दोलन भनेको शैक्षिक सम्वृद्धीको आन्दोलन हुनेछ। लोकतन्त्रमा कसैले पनि उच्च शिक्षाबाट वन्चित हुनुहुँदैन भन्ने मान्यतालाई हामी व्यवहारमै कार्यान्वयन गर्नेछौं।

हामी मूलत सांगठनिक संरचनामा पनि महिलालाई ५० प्रतिशत नै सहभागिता गराउन पहल गर्नेछौं। चालु अभ्यासबाट पाठ सिक्दै संगठनको कार्यशैली, वार्षिक क्यालेन्डर र कार्ययोजनालाई सुधार गर्दै जानेछु।

Nabina 2

 महिलालाई राजनीतिमा ल्याउन के छ तपाईको योजना ?

राजनीतिको जग मानिने संगठनका रुपमा अनेरास्ववियु रहेकाले यहाँबाटै महिला र समावेशीकरणका मुद्दा र सहभागितालाई कसरी माथि उठाउन सकिन्छ भन्नेमा चिन्तित छाैं। जस्तो म आफैँ अध्यक्षको दाबेदार भएकाले पनि यो मुद्दालाई प्राथमिकता दिनेछु।

अहिले राज्यका सबै निकायमा ३३ प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्थालाई पालना गर्दै हाम्रो संगठनमा ५० प्रतिशत महिला सहभागिता गराउने प्रयत्न पनि भइरहेको छ। त्यसो त महिला भएकै कारण राजनीतिमा पनि महिलाले विविध प्रकारका विभेद भोग्नुपरेको अवस्था छ। राजनीतिको मुख्य आधार महिलाका लागि विद्यार्थी संगठन नै हो। जग बलियो भयो भने घर पक्कै बलियो हुनेछ।

महिलालाई राजनीतिमा ल्याउन त्यो भन्दा बढी सहभागिता गराउन पहल गरिनेछ। महिला भएर राजनीतिमा लाग्नुपर्दाका र भोग्नु परेका कठिनाईलाई कसरी मेट्न सकिन्छ भन्नेतिर पनि ध्यान दिनेछु। राजनीतिमा महिलालाई टिक्न गाह्रो छ। महिला भने पछि जहाँ पनि हेर्ने दृष्टिकोण पुरानै छ। हामी महिला यो देशको सर्वोच्च पदमा पुग्न सफल भएका छौं।

त्यसको आधार इकाइ भनेको विद्यार्थी जीवनबाटै तय गरिँदै आएको छ। हामी त्यो जग बलियो बनाउने प्रयत्न गर्नतिर जोड दिनेछौं। शिक्षा

क्षेत्रमा देखिएका लापर्वाही कम गर्न के गर्नुहुन्छ ?

हामीले विश्वविद्यालयका शैक्षिक क्यालेण्डरलाई नियमित गराउन सकेका छैनाैं। पढ्ने र पढाउने सवालमा लापर्वाही छ। यसलाई व्यवस्थित गर्नेछौ। विश्वविद्यालयमा भइरहेको तदर्थवाद र राजनीतिक हस्तक्षेपलाई पनि अन्त्य गराउने छौ। शिक्षक, विद्यार्थी तथा राज्यलाई नै शैक्षिक समृद्धीतर्फ लाग्न पे्ररित गर्नेछौ। विद्यार्थी आन्दोलनलाई शैक्षिक माफियाहरूको पञ्जाबाट मुक्त गरी समावेशी, नयाँ नेपाल अनुकूल, व्यावसायिक, शिक्षा, सरकारी कलेजहरूमा गुणस्तरीय शिक्षा कायम गराउन पहल गर्नेछौं।

प्रकाशित मितिः २०७२ फागुन ३ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: