फुपू खत्रीले जुडाेमा दिलाइन स्वर्ण
महिलाले नै दिलाए नेपाललाई दुईटै स्वर्ण पदक
महिला खबर
काठमाडौं । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा फुपू ल्हामु खत्रीले जुडोमा नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । भारतको सिलोङमा आज भएको महिलाको ६३ केजीमुनिको स्पर्धामा पहिलाे हुँदै खत्रीले स्वर्ण पदक जितेकी हुन् ।
उनले आयोजक भारतकी सुनीवाला देवीलाई हराएकी हुन् । यसअघि, राउन्ड रोबिनका आधारमा खेलाइएका सबै खेलका प्रतिस्पर्धीलाई पछि पारेकी खत्रीले नेपालका लागि दोस्रो स्वर्ण जितेकी हुन् ।
यसअघि उसुको थाउलोतर्फ निमा घर्तीमगरले नेपाललाई स्वर्ण दिलाएकी थिइन् ।
प्रकाशित मितिः २०७२ फागुन ३ गते साेमवार
Comment Here!