महिला खबर
चितवन । चितवन सौराहामा जारी १० औं सौराहा फुड फेष्टिवलमा पहिलो पटक महिला महिला बीच रत्यौली प्रतियोगिता भएको छ । लोक संस्कृतिको जगेर्ना गर्नको लागि रत्यौलीको आयोजना गरिएको आयोजकहरूको भनाइ छ । रत्यौली प्रतियोगीतामा महिला दर्शकले निकै मनोरञ्जन लिइरहेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलको नेतृत्व लोक गायक प्रजापति पराजुलीले गर्नुभएको थियो । उक्त रत्यौली प्रतियोगिताको उपाधी बिहानी महिला समूहले हात पारेको छ । यसैगरी बरपिपल कृषक समूह दोस्रो र तिर्थ बुर्लाकोटीको समूह तेस्रो भएका थिए ।
प्रतियोगिताका विजेता समूहलाई क्रमशः १० हजार, ५ हजार ३ हजार रुपैंयाँको नगद पुरस्कार दिइएको सांस्कृतिक कार्यक्रमका संयोजक दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
यसैगरी विवाहित महिलाको प्रतिभालाई थप प्रोत्साहन गर्न फुड फेष्टिवलमा गृहिणी नृत्यको पनि आयोजना गरिएको थियो । गृहिणी नृत्यमा संगिता रिमाल प्रथम भएर ५ हजार रुपैयाँ नगद पुरस्कार जित्नु भएको छ । फुड फेष्टिवलमा दुना टपरी गाँस्ने प्रतियोगिता पनि भएको थियो । आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धनका लागि चितवनमा आयोजना गरिएको फेष्टिवल आजदेखि सकिँदैछ ।
प्रकाशित मिति २०७२ फागुन ४ गते मंगलवार
Comment Here!