महिला खबर
एजेन्सी । कोलम्बियाको राष्ट्रिय स्वास्थ्य केन्द्रले कोलम्बियामा ५ हजार भन्दा बढी गर्भवती जिका भाइरसबाट संक्रमित भएको जनाएका छ । केन्द्रका अनुसार ३१ हजार ५ सय ५५ जना जिका भाइरसबाट संक्रमितमध्ये ५ हजार १३ जना गर्भवती महिला छन्।
जिका भाइरस माइक्रोसिफली र निउरोलजिकल डिजिज गुइलाइनबारे सिन्ड्रोमसँग सम्बन्धि रोग हो जसले बच्चाको टाउको र बौरद्धिक विकासमा असर गर्ने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार जिका भाइरसबाट संक्रमित आमाबाट जन्मेका बच्चाको टाउको सानो हुने पाइएको छ। गत साताको तथ्याङ्कको तुलनामा संक्रमितको संख्या २३ प्रतिशतले बढेको र जसमा गर्भवतीको संख्या ५७।८ प्रतिशत रहेको केन्द्रले जनाएको छ।
सरकारले जिका भाइरसबाट संक्रमित गर्भवती महिलालाई गर्भपतन गर्न पाउने सुविधा उपलब्ध गराएको छ, तर उक्त प्रक्रिया निकै नै झन्झटिलो छ । राजधानी बोगोटामा रहेको गर्भपतन सम्बन्धि एउटा स्वास्थ्य केन्द्रले जनाए अनुसार त्यहाँ निकै संक्रमित गर्भवती महिला सल्लाह र सुझावका लागि आउने गर्दछन् । कोलम्बियाको सरकारले ६ देखि ८ महिनासम्म बच्चा नजन्माउन आफ्ना नागिरकलाई अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठन ध्ज्इ ले गर्भवती महिलालाई भाइरसबाट संक्रमित स्थानमा घुमफिर नगर्न पनि सचेत गराएको छ।
विश्व स्वास्थ्य संगठनले अमेरिका उत्तर अमेरिका र क्यारेवियन देशका ४० लाख मानिस यस भाईरसको जोखिममा रहेको आशंका गरेको छ । कोलम्बियामा भने यसै वर्ष ६ लाख मानिस जिका भाइरसबाट संक्रमित हुने आशंका गरिएको छ।
जिका भाइरस सर्वप्रथम २०१५ को अप्रिलमा ब्राजिलमा देखा परेको थियो । हाल यो ३० वटा भन्दा बढी देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठन ध्ज्इ ले २०१६ को शुरुवातसँगै जिका भाइरस धेरैजसो अमेरिकी देशमा फैलिन सक्ने सम्भावनाको जानकारी दिएको थियो।
प्रकाशित मिति :२०७२ फागुन ४ गते मंगलवार
Comment Here!