सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समिति सदस्यमा निर्मला शर्मा


प्रकाशित मिति :2016-02-16 14:28:20

महिला खबर

Nirmala sharmaकाठमाडाै‌ं । सरकारले गठन गरेको सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिमा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा सदस्यमा  मनोनयन हुनुभएको छ । सरकारले नयाँ संविधानअनुकूल नयाँ आमसञ्चारनीतिको मस्यौदा तयार गर्न उच्चस्तरीय सञ्चार समिति गठन गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कानुन तथा सञ्चारविज्ञ काशीराज दाहालको अध्यक्षतामा  गठित समिति लाई पुर्णता दिएको हो । अन्य सदस्यहरूमा डा कुन्दन अर्याल, पुस्करलाल श्रेष्ठ,  धर्मेन्द्र झा, तीर्थ कोइराला,  मीन शाही, रेम विश्वकर्मा र दण्ड गुरुङ हुनुहुन्छ  ।

समितिले नयाँ संविधानको मर्म र भावना तथा संघीयताको खाकाअनुसार हुने गरी नयाँ आमसञ्चार नीति तर्जुमा गर्ने, विद्यमान सञ्चार ऐनमा पुनरावलोकन गर्नेलगायतका सुझाव दिने सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो ।

संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार, पत्रकार आचारसंहिता, लोकतन्त्र र सञ्चार आदि विषयमा समस्या पहिचान गरी समाधानको उपायबारे पनि सुझाव दिने कार्यादेश समितिलाई दिइएको छ । समितिको कार्यावधि तीन महिना तोकिएको छ ।

प्रकाशित मितिः २०७२ फागुन ४ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: