महिला खबर
काठमाडौं। नेकपा (एमाले) को भ्रातृ सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । आज मध्यान्ह १२ बजेदेखि मतदान सुरु गर्ने तयारी भइरहेको अनेरास्विवयुका प्रवक्ता आर सी लामिछानेले जानकारी दिनुभयो ।
अखिलको अध्यक्षका लागि वर्तमान महासचिव नवीना लामा र उपाध्यक्ष दीपक गौतमको उम्मेदवारी दर्ता भएको छ । लामाको समूहबाट उपाध्यक्षमा रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराल तथा महासचिवमा ऐन महरले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
गौतम प्यानलबाट उपाध्यक्षमा राधिका खतिवडा, सरोज यादव, जीवन राई, नीलकण्ठ आचार्य तथा महासचिवमा अब्दुल हुसेन खानले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
प्रतिनिधि छनोटका विषयमा विवाद समाधान भएपछि नयाँ पदाधिकारी चयनका लागि उम्मेदवारी दर्ता भएको हो । अखिलको १७ पदाधिकारीसहित केन्द्रीय सदस्य र सचिवालय सदस्य गरी १४१ जनाका लागि मतदान हुनेछ ।
प्रकाशित मितिः २०७२ फागुन ५ गते बुधवार
Comment Here!