ढुंगाले थिचिएको अवस्थामा फेला परिन् हरिकला
महिलाका लागि असुरक्षित बन्दै पोखरा
महिला खबर
पोखरा। पोखरामा मंगलबार फेरी अर्की महिला मृत अवस्थामा फेला परेकी छिन्। अर्मला घर भएकी ३५ वर्षीया हरिकला के.सीको शब सराङकोटको पँधेरीमा ठूलो ढुंगाले थिचिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो।
के.सी २ महिनादेखि पँधेलीको बाल प्रतिभा बोर्डिङ स्कुलको होस्टेलमा कार्यरत थिइन्। माघ २५ गतेदेखि हराइरहेकी के.सीका बारेमा स्कुलका संचालकले आफन्तलाई जानकारी गराए थिए।
स्कुलबाट होस्टेल ५ सय मिटरको फरकमा छ। होस्टेलबाट ५० मिटर पर के.सीको शव भेटिएको थियो। ठूलो ढुंगाले थिचिएको अवस्थामा भेटिएको उनको शव ढुंगा तलबाट निकाल्न १५ जना लागेको सराङकोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक नयराम कार्कीले जानकारी दिनुभयो। के.सीको मृत्यु थप अनुसन्धान भइरहेकेा प्रहरीले जनाएको छ ।
केही सातायता पोखरा महिलाका लागि निकै असुरक्षित बन्दै गइरहेको अधिकारकर्मीहरुले बताउन थालेका छन्। नेहा पुन, सरस्वती लिम्बु, खिममाया पुन र जमुना सुवेदीको रहस्यमय मृत्यु पत्ता लगाउन अनुसन्धान भइरहेकै वेला फेरी हरिकला के.सी मृत भेटिएकी हुन्। नायिका नेहा पुनको हत्याको आरोपमा एकजना पक्राउ परेपनि उनका आफन्तले नेहाको हत्यामा एकजनामात्रै संलग्न नरहेको भन्दै आएका छन् ।
प्रकाशित मितिः २०७२ फागुन ५ गते बुधवार
Comment Here!