सवैले नजाउ भनेपनि मैले आँट गरेँः बन्दना झा, स्थानीय विकास अधिकारी रौतहट


प्रकाशित मिति :2016-02-17 14:49:10

महिला खबर

काठमाडौं। सरकारी सेवामा प्रवेश गरेको ६ वर्ष मै स्थानीय विकास अधिकारी हुने मौका पाइन् ३५ वर्षीया बन्दना झाले। उनी रौतहट जिल्लाको स्थानीय विकास अधिकारी भएर ३ दिन अघि त्यहाँ पुगेकी हुन्। ‘गाह्रो हुन्छ नजाउ भन्ने सल्लाह धेरै आएको थियो, तर म आँट गरेर आएकी छु सफल हुन्छु’ महिला खबर डटकमसँग कुरा गर्दै झाले भनिन्।

परिवारसँग झा

परिवारसँग झा

सरकारी सेवामा शाखा अधिकृत भएर कृषि प्राविधिकमा २०६६ सालमा छिरेकी उनले महिला भएर यस्तो अप्ठ्यारो ठाउँमा काम गर्न नजान आएका सल्लाहलाई लत्याउँदै ४० औं जिल्ला विकाश अधिकारीको पद सम्हाल्न रौतहट पुगेकी हुन्।

रौतहटमा २ जना जिल्ला विकास अधिकारी निलम्बनमा परेका छन्। उनी भन्छिन् ‘ठेक्कापट्टामा राजनीतिककरणका कारण जिविसहरू बदनाम हुँदै आएको र काम गर्न समस्या पर्ने गरेको छ। म नियम अनुसार चल्छु, मलाई विश्वास छ सवैले मलाई सहयोग गर्नुहुनेछ।’

चाहेको भए आफू राजधानी मै बसेर सुखसँग जागीर खान पाउने भएपनि सरकारी सेवा प्रवेशको छोटो अवधी मै आफूले चूनौति लिन आँट गरेको उनको भनाइ छ।

आत्मविश्वास र पारिवारिक सहयोगले मधेशी समुदायबाट सरकारी सेवामा प्रवेश गरेर यति ठुलो जिम्मेवारी लिने आफू पहिलो भएको झा बताउँछिन्।

सर्लाही घर र राैतहट माइती भएकी उनले परिवारमा चार दिदीवहिनी मध्ये आफूसहित २ जना सरकारी सेवा कार्यरत भएकाे बताइन्। उनले विवाहपछि नै अध्ययन सकेर सरकारी जागिरमा प्रवेश गरेकी हुन्। उनले भनिन् श्रीमानले घरमा खाना बनाउनुभयो, म निजामति सेवा प्रवेशका लागि तयारी गर्न अध्ययन गरेँ र सफल भएँ।’

महिलाले चूनौति लिन सक्दैनन् भनेर पहिला नै निरुत्साहित गर्ने चलन गलत भएको उनको भनाइ छ। काम गर्न पुरुषलाई पनि गाह्रो हुन्छ, उनीहरूले चूनौति लिन सक्छन् भने महिलाले किन नसक्ने? उनको प्रश्न थियो।

प्रकाशित मितिः २०७२ फागुन ५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: