१२ अाै‌ं सागमा २ स्वर्णसहित ३७ पदक महिलाले दिलाए


प्रकाशित मिति :2016-02-17 15:21:01

निर्मला भट्ट

Mahila kabaddi (4)काठमाडाैं । १२ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई धेरै पदक महिलाले दिलाएका छन्। भारतको गुवाहिटीमा मंगलबार सम्पन्न १२ औं सागमा नेपालले जितेको ३ स्वर्ण, २३ रजत, ३४ कास्य गरी कुल ६० पदकमा २ स्वर्ण, १५ रजत र २० कास्य महिलाले दिलाएका छन्। पुरुषको स्पर्धामा भने एक स्वर्ण, ८ रजत र १४ कास्य प्राप्त गरेको छ। यसपाली समावेश सवै खेलमा महिलाका स्पर्धा राखिएको थियो।

महिलाको स्पर्धामा नेपालले पाएको २ स्वर्ण मध्ये पहिलो स्वर्ण १६ वर्षीया उसु खेलाडी निमा घर्तिमगरले दिलाइन् भने अर्को स्वर्ण जुडोमा फूपु ल्हामु खत्रीले दिलाइन। २१ वर्षीया फूपु जुडोमा स्वर्ण जित्ने पहिलो महिलाको रुपमा किर्तिमान रचेकी छिन्। १२ औँ सागमा नेपाललाई पहिलो पदक महिलाले नै दिलाएका हुन्।

नेपालका लागि पहिलो पदकको रुपमा प्रतियोगिताको दोश्रो दिन सप्तरीकी देवीकुमारी चौधरीले भारोत्तोलनमा कास्य पदक जितेकी थिइन्। प्रतियोगितामा महिला भारोत्तोलनलाई पहिलो पटक समावेश गरिएकाले देवीकुमारी महिला भारोत्तोलनमा पदक जित्ने पहिलो नेपाली महिलाको रुपमा इतिहास रचेकी छिन्। ब्याडमिन्टनमा वुमेन्स सिङ्गलमा नङ्सल तामाङले कास्य दिलाइन्। महिला टिम स्पर्धाको कास्यमा पनि उनको योगदान रह्यो।

एलिना महर्जन र नविता श्रेष्ठ (नन्द–भाउजु) ले टेवल टेनिसको वुमेन्स डवल्समा कास्य पदक जिते। फुटवलमा पनि महिला टिमले लगातार दोश्रो पटक रजत पदक हात पारेको छ।

महिला स्पर्धामा यसपालीको सागमा बक्सिङ र हकी पनि पहिलो पल्ट समावेश गरिएको थियो। महिला बक्सिङबाट २ र हकीबाट १ कास्यपदक प्राप्त भएको छ। सागमा ट्रायथलन र खो खो नयाँ खेल हुन। ट्रायथलनको मिक्स टिम स्पर्धामा प्राप्त भएको रजत पदकमा पनि दुई महिला खेलाडी यम कुमारी घले र रोजा के.सीको हात रह्यो। रोजाले ब्यक्तिगत स्पर्धामै कास्य हात पदक पारिन्।
सागको १३ औँ संस्करण नेपालमा सन २०१८ मा हुनेछ ।

नेपाललाई पदक दिलाउने महिला

स्वर्ण
१ निमा घर्तिमगर (उसु)
२ फुपुल्हामु खत्री (जुडो)

रजत

१ सुस्मिता तामाङ (उसु)
२ सविता राई (उसु)
३ जुनु राई (उसु)
४ विन्दु पुनमगर (उसु)
५ झरना गुरुङ (उसु)
६ गौरीका सिंह (पौडी)
७ मिक्स टिम (ट्रायथलन)
८ रेजिना कार्की (तेक्वान्दो)
९ यानकुमारी चौलागाई (तेक्वान्दो)
१० ज्ञानी चुनारा (तेक्वान्दो)
११ आयशा शाक्य (तेक्वान्दो)
१२ निमा गुरुङ (तेक्वान्दो)
१३ लीला अधिकारी (जुडो)
१४ मनिता श्रेष्ठ प्रधान (जुडो)
१५ फुटवल

कास्य
१ गौरीका सिंह (पौडी) ३
२ देवीकुमारी चौधरी (भारोत्तोलन)
३ तारादेवी पुन (भारोत्तोलन)
४ जुनीमाया छन्त्याल (भारोत्तोलन)
५ नङ्सल तामाङ (ब्याडमिन्टन)
६ ब्याडमिन्टन समूह
७ हकी समूह
८ टेवलटेनिस महिला डवल्स
९ स्क्वास
१० भलिबल समूह
११ खो खो
१२ रोजा केसी (ट्रायथलन)
१३ कबड्डी
१४ मीनु गुरुङ (बक्सिङ)
१५ सरस्वती रानामगर (बक्सिङ)
१६ सरिता चौधरी (जुडो)
१७ गंगा चौधरी (जुडो)
१८ पुनम श्रेष्ठ (जुडो)

प्रकाशित मितिः २०७२ फागुन ५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: