कर्मचारीको सेवा सुविधामा भएको विभेद अन्त्य हुनुपर्छ: मन्त्री शर्मा


प्रकाशित मिति :2016-02-17 16:17:50

महिला खबर

Minister_Rekha_Sharmaभक्तपुर। सामान्य प्रशासनमन्त्री रेखा शर्माले एउटै तहका कर्मचारीलाई सरकारले दिने सेवा सुविधामा रहेको बिभेद अन्त्य हुनुपर्ने बताउनुभएको छ। उहाँले त्यसबारे सुझाव दिन सबैलाई आग्रह पनि गर्नुभयो ।

नेपाल बैंक राष्ट्रिय कर्मचारी संगठनको तेस्रो अधिवेशन उदघाटन कार्यक्रमलाई बुधबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीको बीचमा राज्यले दिने सेवा सुविधामा रहेका बिभेद अन्त्य हुनु जरुरी छ। त्यसका लागि कसरी अघि बढ्दा कर्मचारीलाई सहज र ऐन, नियमअनुकूल हुन्छ, सुझाव दिन आग्रह गर्दछु।’

दलगत स्वार्थका ट्रेड युनियनले कर्मचारी प्रशासन र कर्मचारीको क्षेत्रमा भएका सकारात्मक कामहरूलाई पनि छायाँमा पारेकाले आफू आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउन लाागिपरेको उहाँको भनाइ थियो । आफूले सामान्य प्रशासन मन्त्रालय सम्हालेपछि आधिकारीक ट्रेड युनियनको चुनाव चैत २८ गतेका लागि तोकेको जानकारी उहाँले दिनुभयो।

एउटमात्रै आधिकारिक ट्रेड युनियन भएमात्रै कर्मचारीलाई लाग्ने गरेका नकारात्मक आक्षेप समाधान हुने र सरकारको विश्वासिलो सहयात्री हुने उहाँको विश्वास थियो। मन्त्री शर्माले सबै क्षेत्रमा आधिकारीक ट्रेड युनियनको आवश्यकता औंल्याउनुभयो।

मन्त्री शर्माले देशमा नयाँ संविधान लागू भएपछि देश संघीयतामा गइसकेको र कर्मचारीहरूलाई त्यसअनुरुप व्यवस्थापन गर्ने तयारी भैरहेको जानकारी दिनुभयो।

प्रकाशित मितिः २०७२ फागुन ५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: