यौन तथा प्रजनन् स्वास्थ्यमा अपांगको पहुँच पुगेन


प्रकाशित मिति :2016-02-17 16:29:45

महिला खबर

पोखरा। यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा अपांगता भएकाहरूको पहुँच पुग्न नसकेको एक स्वास्थ्य अनुसन्धानको प्रतिवेदनले देखाएको छ।
सुनौलो परिवार नेपाल, मेरी स्टोप्स र अस्ट्रेलिया एडको संयुक्त आयोजनामा पोखरामा गरिएको अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा अनुसन्धानकर्ता रामचन्द्र गैरेले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा सो कुरा देखाइएको हो।

प्रतिवेदनले विभिन्न ६ जिल्लाका युवामा गरिएको अध्ययनले यौन तथा प्रजनन् स्वास्थ्यका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था अपांगमैत्री बन्न नसकेको देखाएको छ। कास्की, सिराह, पर्सा, बारा, ललितपुर र मोरङमा दुई वर्ष लगाएर २९३ युवासँग गरिएको अध्ययनमा उनीहरू मध्ये ५४ प्रतिशतले स्वास्थ्य संस्थाको भौतिक संरचना अंपागमैत्री नभएको बताएका थिए। यसैगरी ५१ प्रतिशतलाई सुरक्षित गर्भपतनबारे जानकारी नै नभएको पाइएको थियो।

स्वास्थ्यकर्मीको अपांगमैत्री व्यवहारको अभावमा आफ्नो यौन तथा प्रजनन् जिज्ञासा राख्न नसकेको बताएका थिए। दोभाषेको अभावले पनि समस्या राख्न नसकेकेा उनीहरूको भनाइ थियो।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव हुमकला पाण्डेले कुल जनंसख्याको पाँच लाख १३ हजार अपांग भएको सरकारी तथ्यांक पेश गर्नुभयो। उहाँले भूकम्प र त्यसका पराकम्पनका कारणले मात्रै करिब चार हजार व्यक्ति अपांग बनेको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका उपाध्यक्ष टीका दाहाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान अधिकृत नमिता घिमिरे, मेरी स्टोप्सका निर्देशक केपी उपाध्यायलगायतले अपांगता भएकाहरूले आफ्नो यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेत हुनुपर्ने र अपांगमैत्री वातावरणका लागि राज्यले पहल गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मितिः २०७२ फागुन ५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: