दुई किशोरीमाथि छुरा प्रहार


प्रकाशित मिति :2016-02-17 16:40:03

सुमित्रा कोइराला

उदयपुर। आफूले भनेको ठाउँमा जान नमानेपछी उदयपुरको पंचावतीमा मंगलवार राती एक किशोरले दुई किशोरीमाथि छुरा प्रहार गरेका छन्।
गायँलेकाे घरमा भएको पुजामा सहभागी हुन आएका १७ र १४ वर्षका २ किशोरीमाथि भुट्टारका १५ वर्षीय किशोर नैन बहादुर सार्कीले छुरा प्रहार गरेका हुन्।

दिउँसो पुजा सकिएपछि अन्यत्र जाउँ भन्ने किशोरको आग्रह नमानेपछि किशोरले कोठाभित्र सुतेका किशोरीमाथि आक्रमण गरेको प्रहरी प्रमुख नरबहादुर के.सीलेे जानकारी दिनुभयो। झ्याल फुटाएर किशोरी सुतेको कोठामा पसेका किशोरले मलाई धोका दिएर अर्काे केटासँग हिँड्ने भन्दै किशोरीलाई आक्रमण गरेको र बचाउने क्रममा अर्की किशोरीलाई पनि आक्रमण भएको के.सीले बताउनुभयो।

१७ वर्षीया किशोरी र नैनबहादुरविच प्रेम सम्बन्ध रहेको गाउँलेले बताएका छन्। घाईते मध्ये एक किशोरीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि पठाईएको छ।

सामान्य घाईते भएको अर्की किशोरी स्थानिय स्वास्थ उपचार केन्द्रमा उपचार पछि घर फर्किएकी छन्। छुर प्रहार गरि फरार रहेका नैन बहादुरको खोजी भईरहेका प्रहरलिे बताएकाे छ।

प्रकाशित मितिः २०७२ फागुन ५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: