टिप्पणीः चिन्तित पोखरेली


महिला मृत फेला पर्नु संयोग मात्रै : प्रहरी

प्रकाशित मिति :2016-02-18 10:42:20

जमुना वर्षा शर्मा 

पाेखरा । केहि साता यता पोखरामा एक पछि अर्को महिला मृत अवस्थामा भेटिन थालेपछि पोखरेलीलाई धेरै चिन्तित बनाएको छ। पोखरा महिलाका लागि किन असुरक्षित हुँदै गयो भन्ने चिन्तासँगै बहस समेत थपिएको छ।

श्रृखंलाबद्धरुपमा पोखरामा महिला मृत भेटिन थालेपछि अधिवक्ता एवं राजनीतिक विश्लेषक सुरेन्द्र थापा मगरले लेख लेख्नु भएको छ …नआऊ भो चेली यतिबेला पोखरा’।

पर्यटकीय शहर पोखरा घुम्नका लागि धेरैको रोजाइको शहर हो। तर, यतिबेला यो सुन्दर पोखरामा भइरहेका पछिल्ला घटनाक्रमले सबैलाई सोच्न बाध्य पारेको छ।

थापा लेख्नुहुन्छ ‘अपराध कर्म, बेला बखत सबै ठाउँ र समाजमा देखापर्छ। तर, एउटै प्रकृतिको अपराध पटक पटक भइरहन्छ भने राज्य संयन्त्र कमजोर मानिन्छ। केही साताअघि देखि पोखरामा लगातार महिला हत्याका घटना भएका छन्।’ थापाले २०४५ सालतिर पोखरामै भएको नमिता र सुनिता हत्या काण्डलाइ जोड्दै लेख्नु भएको छ। ‘नमिता र सुनिता हत्या काण्डले निकै ठूलो रुप लियो। दरबार बदमान भयो। मान्छेहरूले साउतीकै रुपमा भने पनि हत्याराप्रति औंला उठाएका थिए।

त्यतिबेला पोखरा महिलाका लागि असुरक्षित स्थल बनेको थियो।’ यस घटनाले पनि फेरि महिलाका लागि पोखरा असुरक्षित हुन थालेको आभाष दिलाइरहेको उहाँको भनाइ छ।

अधिकारकर्मी विना सिलवाल भन्नु हुन्छ ‘पोखरामा भएका पछिल्ला घटना क्रमले धेरैलाई शंका उब्जाएको छ। अभिभावकलाई त्रसित बनाएको छ। कार्यक्षेत्रमा गएका छोरीहरू ढिला फर्कदा कतै केही भयो कि भन्नु पर्ने भएको छ । यस्तो अवस्थामा राज्यका कानुनी संयन्त्र सक्रिय हुनुपर्ने हो, तर त्यो हुन सकेको छैन। घर घरबाट आत्मसुरक्षाका लागि महिला तयार भएर निस्कनु पर्ने भएको छ।’

शान्तिका लागि नागरिका समाजको संजाल कास्कीका अध्यक्ष सरला पाण्डे बढ्दो अपराधले समाजलाई असुरक्षित बनाउँदै लगेको बताउनुहुन्छ। उहाँ भन्नु हुन्छ ‘हत्या, आत्महत्या जे भएपनि लगातार महिला मृत भेटिनु महिलाका लागि समाज असुरक्षित भएको बुझिन्छ। त्यसका कारण खोजिनुपर्छ। महिलाको सम्म्ाान पुर्वक बाँच्न पाउने अवस्थाको ग्यारेण्टी गर्नुपर्छ।’

यस्ता घटना आफ्नै घरमा भएको हो भनेर आत्मबोध गर्दै हिंसाविरुद्ध आवाज उठाउनुपर्ने पाण्डे बताउनुहुन्छ। पछिल्लो समय लगातार महिला मृत फेला पर्नु संयोग मात्रै भएको बताउनु हुन्छ कास्की प्रहरी प्रवक्ता गज्जु सिद्धी बज्राचार्य। ‘केही घटनालाई लिएर पोखरा महिलाका लागि असुरक्षित भयो भन्नु अफवाह फैलाउनु मात्रै हो। योरुना पुन बाहेक अरुको हत्या भन्न मिल्ने अवस्था अहिले छैन। यद्यपी अनुसन्धान भने भइरहेको छ’ बज्राचार्यले भन्नुभयो।

‘नागरिक बर्दी विनाका प्रहरी हुन्। अपराध अनुसन्धानमा नागरिकको सहयोग भएन भने प्रहरी मात्रैले अपराध न्यूनिकरणमा पूर्ण सफलता नपाउन सक्छ। त्यसैले नागरिक र प्रहरी बीच समन्वय सहकार्यसँगै एक अर्का बिच विश्वासको वातावरण सृजना गरेर मात्र अपराध न्यूनिकरण गर्न सकिन्छ।’ प्रहरीको मनोबल गिराउने तरिकाबाट सामाजिक संजाललगायतका माध्यममा टिका टिप्पणी नगर्न समेत बज्राचार्यले आग्रह गर्नुभयो।

दुइ साता यता पोखरामा ५ जना महिला मृत भेटिएका छन्। योरुना पुनका हत्या आरोपीबाहेक अरु चार महिलाको मृत्युको बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। उनीहरूका बारेमा आधिकारिक धारणा भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रकाशित मितिः २०७२ फागुन ६ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: