अनेरास्ववियूको मतदान सकियो
पदाधिकारीमामात्रै १६ जना महिलाकाे उम्मेद्वारी
नन्दा थापा
काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको मतदान सकिएको छ। साता लामो महाधिवेशन अर्न्तगत नयाँ नेतृत्वका लागि बुधबार साँझबाट सुरु भएको मतदान विहीवार विहान सकिएको हो। आजै मध्यान्ह १२ बजेदेखि मत गणना हुने सदस्यका उम्मेदवार सरिता लामाले बताउनुभयो ।
४० प्रतिशत महिलाको उम्मेदवारी परेको महाधिवेशनमा अध्यक्ष १, उपाध्यक्ष २, सचिव ३ र सचिवालय सदस्यमा १० जना महिलाको उम्मेदवारी परेको लामाले जानकारी दिनुभयो।
अनेरास्ववियूको विधानमा सचिवालयमा मात्रै ८ जना महिलाका लागि आरक्षणको व्यवस्था भएपनि अहिलेको महाधिवेशनमा खुल्लासहित पदाधिकारीमामात्रै १६ जना महिलाको उम्मेदवारी परेको लामाको भनाई छ। देशभरीबाट १६ सय प्रतिनिधिमा ३०० बढीको उम्मेदवारी परेको थियो।
महिला खबर डट कमसँग कुरा गर्दै सदस्यका उम्मेदवार लामाले संस्थापन पक्षका अध्यक्ष उम्मेदवार नविना लामाको जित पक्का भएको दावी गर्नुभयो। शिक्षामा भएको विभेदीकरण अन्त्य, प्राविधिक शिक्षामा जोड र रोजगारमुलक तथा सीपमुलक शिक्षा विस्तारका लागि आफ्नो उम्मेदवारी परेको लामाको भनाइ छ।
प्रकाशित मितिः २०७२ फागुन ६ गते बिहीवार
Comment Here!