सिड छाँया प्रतिवेदनमा जनजाति महिलाका मुद्दा


प्रकाशित मिति :2016-02-18 13:03:08

महिला खबर
नेपालगन्ज । नेपालका आदिवासी जनजाति महिलाका सम्बन्धमा सिड समितिको निष्कर्ष सुझावको कार्यान्वयनको स्थिति र नेपालले अब बुझाउने छैटौं आवधिक प्रतिवेदनको छायाँ प्रतिवेदन तयारीका लागि बुधबारदेखि नेपालगन्जमा दुई दिने क्षेत्रीय संवाद कार्यक्रम सुरु भएको छ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ,आदिवासी महिला कानुनी सचेतना समूहलगायतका संघसंस्थाकाे संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी आदिवासी जनजाति महिला प्रतिनिधिले महिलाविरुद्ध हुने भेदभाव उन्मूलन हेर्ने समिति (सिड)को निष्कर्ष कार्यान्वयन सम्बन्धमा आवधिक प्रतिवेदन अर्न्तगतको छायाँ प्रतिवेदनका लागि तथ्यगत र प्रत्यक्ष भोगेका विभेद तथा हिंसाका घटनाका बारेमा सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रमका सहभागीहरूले घरभित्र तथा समुदायमा हुने लैंगिक विभेदका कारण हुने हिंसा तथा विभेद सधैँ ओझेलमा पर्ने गरेको भन्दै यस्ता समस्यामा बृहत रुपमा छलफल आवश्यक रहेको आैंल्याए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंज बहादुर एमसीले राज्यले महिलाको हितलाई मध्येनजर गर्दै सकारात्मक विभेद को नीति ल्याउनुपर्ने बताउनुभयो। आदिवासी जनजाति महिलाको शिक्षा तथा चेतनास्तर बढाउन राज्यले लगानी बढाउदै लैजानु पर्ने उहाँको भनाई थियो।

कार्यक्रमको मध्यपश्चिम क्षेत्रका आदिवासी जनजाति महिलाले प्रत्यक्ष भोगेका विभेद तथा महिला हिंसाका बारेमा रणनीतिक छलफल गरिएको थियो। उनीहरूले आदीवासी महिलालाई शिक्षामा पहुँच नभएका कारण स्थानियस्तरदेखि नेतृत्व तहमा आदीवासी महिला को सहभागिता कम हुने गरेको बताए।

कार्यक्रममा फातिमा फाउण्डेसनका संस्थापक अध्यक्ष तथा पुर्व सभासद महोम्मदी सिद्धिकी ,मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेल ,जिल्ला बिकास समीतिका भरत मल्ल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीम किरण बोगटी ,महिला तथा बालबालिका कार्यालय फोकल पर्सन बिन्दु कुवंर ,आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरलगायतले मन्तव्य राखेका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: