महिला खबर
एजेन्सी । चीनको अनहोइ प्रान्तीय सरकारले महिलालाई हरेक महिना महिनावारीको समयमा १ वा २ दिन वैतनिक विदा दिने भएको घोषणा गरेको छ। उक्त सुविधा आउने मार्च महिनाबाट शुरू हुने भएको छ। डाक्टरको शिफारिस आधारमा यस्ते विदा दिने त्यहाँको सरकारले जनाएको छ ।
चीनका अन्य प्रान्तहरू सान्छी र हुबेई प्रान्तिहरूमा पनि महिलालाई महिनावारी विदा दिने गरिएको छ।
महिनावारी विदा सम्बन्धि एउटा प्रान्तमा गरेको अध्ययन ले २० प्रतिशत महिलाले महिनावारीका बेला विदा लिन इच्छुक नभएको देखाएको छ जसको कारण यसरी हरेक महिना विदा लिँदा काम गर्न ढिलाइ हुने र जसले गर्दा हाकिमहरू महिलाको कामबाट खुसी नहुन सक्ने मानिएको छ।
साउथ कोरिया , ताईवान , ईन्डोनेसिया र जापानले महिलालाई महिनावारीका समयमा विदा दिने व्यवस्था कानुनमा गरीसकेका छन् । जापानले १९४७ सालदेखि नै विदा दिने गरेको छ। ईन्डोनेसियामा महिनावारीको विदा दिने व्यवस्था कानुनमा भएपनि निजी कम्पनीहरूले दिने गरेका छैनन् ।
ताइवानले भने वर्षमा ३ दिन महिनावारी विदा दिने गरेको छ। पश्चिमी देशहरूमा भने यस्ता खाले कानुन छैनन्, तर, २०१३ मा रुसले भने महिनावारी विदा दिने नीति प्रस्ताव अगाडि सारेको थियो ।
एक अध्ययन महिनावारीका समयमा १० जनामा एकजनालाई महिनावारी एठन ( period cramps) हुने गर्दछ जसलाई डाइमेनोरीया भनिन्छ, जसले गर्दा महिलालाई १ देखि ३ दिनसम्म काम गर्न गाह्रो हुने गर्दछ।
चीनमा उक्त प्रस्ताव राजनीतिक सल्लाहकार झ्याङ जीओमीइले २०११ मा अगाडि सारेका थिए र उनले ८५ प्रतिशत महिलामा महिनावारीका कारण काममा असर पर्ने गरेको दाबी गरेका थिए।
प्रकाशित मिति :२०७२ फागुन ६ गते विहीवार
Comment Here!