महिला खबर
पोखरा। कार्यक्रममा एकजना युवतीले भनिन् ‘हामीलाई केटाहरुले सिठी बजाएर जिस्क्याउँछन यो कस्तो खालको हिंसा हो?’ उनको छेउमा रहेकी युवतीले प्रश्न थपिन् मादक पदार्थ सेवन गरी बाटोमा हिंसात्मक व्यवहार गर्नेलाई कस्तो सजायँ हुन्छ ?’
कास्की जिल्ला अदालतकाे आयोजनामा कास्की जिल्लाको पार्चे गाउँ विकास समितिको सिक्लेसमा न्यायीक अर्न्तसंवाद कार्यक्रम सिक्लेसवासीले न्यायधिश समक्ष राखेका जिज्ञासा हुन्।
न्यायमा महिलाको पहुँच, घरेलु हिंसा, महिला हिंसा, यौन दुर्व्यवहार, पारिवारिक सम्पत्ति विवादलगायतका विविध विषयमा सिक्लेसवासीसँग अदालतले न्यायिक अर्न्तसंवाद कार्यक्रम गरेको हो। कार्यक्रममा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेल अनन्तराज डुम्रे, नरिश्वर भण्डारी र नारायणप्रसाद दाहाल, अदालतका श्रेस्तेदार दिनबन्धु बराल, जिल्ला न्यायाधिवक्ता योगनाथ ढकाल, सहायक जिल्ला न्याधिवक्ता स्वतन्त्र न्यौपाने, पर्शुराम पहारी पुनरावेदन अदालत बार एशोसियसनका सचिव इन्द्र प्रसाद बरालले स्थानीयका जिज्ञासा मेटाएका थिए।
कास्की जिल्ला अदालतल न्यायमा जनताको सहज पहुँच पुर्याउने उद्देश्यले सरोकारवालाबिच अर्न्तक्रियालगायतका कार्यक्रम आयोजना गरेकोे श्रेस्तेदार दिनबन्धु बरालले बताउनु भयो। तीन घण्टासम्म चलेको कार्यक्रमबाट विद्यार्थी तथा स्थानिय महिला सहभागी थिए।
प्रकाशित मितिः २०७२ फागुन ६ गते बिहीवार
Comment Here!