लोकतन्त्रको सुदृढीकरण  नै सहिदको  कदरः राष्ट्रपति


प्रकाशित मिति :2016-02-19 12:07:10

महिला खबर
bidhya bhandari intकाठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ६६ औँ राष्ट्रिय प्रजातन्त्रले सबै नेपालीलाई लोकतन्त्रको आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा  मिलोस भन्ने कामना गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दिनुभएको सन्देशमा उहाँले सार्वभौमसत्ता जनतामा निहित हुने र जननिर्वाचित प्रतिनिधिद्वारा शासन हुने संसारकै लोकप्रिय शासन पद्धतिका रुपमा प्रजातन्त्रलाई लिने गरिएको उल्लेख गर्दै निरङ्कुश जहानिया राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको २००७ साल फागुन ७ गते ऐतिहासिक दिन भएको   बताउनु भएको छ ।

जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन गरी अब आर्थिक सामाजिक समृद्धितर्फको यात्रा तय गरेर नै लोकतन्त्रको सुदृढीकरणका साथै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर हुने राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।
प्रकाशित मितिः २०७२ फागुन ७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: