प्रधानमन्त्रीको भ्रमण टोलीमा चार जना महिला


प्रकाशित मिति :2016-02-19 15:03:37

महिला खबर

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीेको आजदेखि भारतको राजकीय भ्रमणमा हुँदैछ। ४८ सदस्यीय प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्यसहित ४ जना महिला परेका छन्। अन्य ३ जनामा प्रधानमन्त्रीकी नीजि चिकित्सक डा दिव्या सिंह, प्रधानमन्त्रीकी सहयोगी शितल बज्राचार्य र सांसद सीमा कुमारी बिक  छन् । भ्रमणमा जाने अाएका अन्य नाम मध्ये काग्रे‌ंस नेता सुजाता काेइराला र स‌ांसद डिम्पल कुमारी झाले अन्तिममा रद्द गरेका थिए । काेइराला पार्टीको केन्द्रीय समितिकाे बैठकका कारण  र झाले अान्दाेलन रहेकाले प्रधानमन्त्रीकाे भ्रमणमा सहभागी नहुने माेर्चाकाे निर्णयका कारण प्रधानमन्त्रीसँगै भ्रमणमा जाने कार्यक्रम रद्द गराएका हुन् ।

यसैगरि भ्रमण टोलीमा सरकार नियन्त्रित संचार माध्यम राससबाट प्रकाश सिलवाल, नेपाल टेलीभिजनबाट रविचन्द्र पराजुली र पुरुषोत्तम घिमिरे र रेडियो नेपालका गोविन्द चिमौरिया रहेका छन्।

आफ्नै खर्चमा जाने व्यवसायीको टोलीमा पनि थोरै महिला परेका छन्। उद्योग बाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणालगायत सौन्दर्य व्यवसायी ज्योत्सना श्रेष्ठ, शोभा गुरुङ र रुवी रौनियार प्रधानमन्त्रीकाे भ्रमण टाेलीमा  रहेका छन्।

प्रकाशित मितिः २०७२ फागुन ७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: