कांग्रेस दाङको सभापतिमा अनिताको उम्मेदवारी


प्रकाशित मिति :2016-02-19 15:46:20

देविका घर्ती मगर
दाङ । नेपाली काँग्रेस दाङको महाधिवेशनमा मतदान सुरु भएको छ । सभापति, सचिव र कोषाध्यक्षका लागि सुरु भएको निर्वाचनमा ६३९ जना मतदाता रहेका छन्  ।

anita

आगामी पाँच वर्षका लागि हुने  निर्वाचनमा सभापतिमा ३ जना, सचिवमा २ जना र कोषाध्यक्षमा २ जनाले उम्मेदवारी दिएका छन्  ।
निर्वाचन समितिका अनुसार सभापतिमा अनिता देवकोटा, कृर्तिबहादुर खड्का, र कमलकिशोर घिमिरे प्रतिष्पर्धामा हुनुहुन्छ । त्यस्तै सचिवमा शंकर डाँगी र सर्वजित डाँगीका बीचमा प्रतिस्पर्धा रहेको छ भने कोषाध्यक्षमा सावित्रा राना र कृष्ण चौधरीले उम्मेदवारी दिनुभएको छ । मतदान सुरु भएसँगै नेतृत्वको चर्चा सुरु भएको छ ।

जिल्लामा अत्यन्तै लोकप्रिय नेता अनिता देवकोटा २०४६ सालको जनआन्दोलन होस वा २०६२/०६३ को जनआन्दोलन सबैमा सशक्त भूमिका निर्वाह गर्दै आउनुभयो ।    आफ्नो विजय सुनिश्चित भएको दाबी गरेकी सांसद देवकोटा जिल्लाबाट सभापतिमा उम्मेदवारी घोषणा गर्ने एक मात्रै महिला हुनुहुन्छ । उहाँले आफ्नो विजयको प्रमुख आधार महिला र यूवा भएको बताउनु भयो । ‘कांग्रेस नेतृत्वको सरकारले जारी गरेको नयाँ संविधानमा समावेशी सिद्धान्त अंगिकार गरिएको छ, अब यसैको आधारमा महिला पनि अवसर पाएमा कम छैनन् भनेर प्रमाणित गर्नका लागि साथीहरूको आग्रहमा मैले उम्मेदवारी दिएकी हुँ ।’ उहाँले भन्नुभयो ।

स्कूलमा पढ्दादेखि नै कांग्रेस राजनीतिमा सक्रिय सांसद देवकोटा वैवाहिक जीवन पछि घरका प्रमुख व्यक्ति वामपन्थी हुँदा समेत त्यो चुनौतिको सामाना गर्दै कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएको थियो । आफूले जितेपछि कांग्रेस नेतृत्वले जारी गरेको संविधान कार्यान्वयनमा भूमिका खेल्नेगरी  जिल्लामा पार्टीलाई बलियो बनाउन उम्मेदवारी दिएको उहाँले बताउनुभयो । उहाँले पार्टीमा संभावना बोकेका यूवालाई स्थान दिन कार्यायोजना बनाएर लाग्ने बताउँदै निर्वाचनमा आफूले नै जित्ने दावी गर्नुभयो ।

कोषाध्यक्षमा रानाको सुनिश्चितता

sabitra rana
यसैबिच विद्यार्थी कालदेखी नै काँग्रेसको राजनीतिमा सक्रिय सावित्रा राना जिल्लामा चर्चित महिला नेता हुनुहुन्छ । राजनीतिसँगै सामाजिक कार्यमा समेत सक्रिय सावित्राले आफ्नो जीत सुनिश्चित भएको  बताउनुभयो । उहाँ यसअघि पनि काँग्रेस दाङको कोषाध्यक्षमा भारी मतले निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति :२०७२ फागुन ७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: