बेलिना थापा
लमजुङ। जिल्ला पशुसेवा कार्यालय लमजुङले आर्थिक अवस्था कमजोर भएका मलिालाई बाख्रा वितरण गरेको छ। सुन्दर बजार नगर पालिका वडा १ रामदिमा १० जना महिलालाई बाख्रा वितरण गरिएको हो। गरिबी निवारण कार्यक्रम अर्न्तगत १० वटा बाख्रा र एउटा ब्याड बोका वितरण गरिएको पशुबिकास अधिकृत खिला शर्मा घिमिरेले जानकारी दिनुभयो।
आर्थिक अवस्था कमजोर भएका महिलाको आयआर्जनवाट आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको कार्यालयले जनाएको छ । श्लिषा नामक गैह्रसरकारी संस्थाले रामदीमा सामूहिक बाखा्र पालन कार्यक्रमका लागि करिव २०० बाख्रा पाल्न मिल्ने साढे ४ लाख रुपैयाँको लागतमा सामूहिक नमुना खोर बनाएको छ।
प्रकाशित मितिः २०७२ फागुन ७ गते शुक्रवार
Comment Here!