कुशको जनैमा सुशिलाले गरिन् आमाको किरिया


प्रकाशित मिति :2016-02-20 10:00:31

खेमा बस्नेत

कैलाली । परम्परागत रुपमा चल्दै आएको र धर्म संस्कृतिमा लेखिएका चलनहरूमा विस्तारै परिवर्तन हुन थालेका छन् । छोरीले शवसम्म हेर्न हुँदैन भन्ने मान्यता तोड्दै अहिले छोरीले आमाबुबाको पार्थिव शरीरमा दागबत्ती  दिन थालेका छन् । हाम्रो हिन्दु धर्म वेदमा भएका राम्रा कुरा ग्रहण गर्ने र नराम्रो कुरालाई परिवर्तन गर्न सकिन्छ भन्ने कुरा अहिले धेरै छोरीहरूले आमाबुबालाई दागबत्ती दिने चलनबाट देखिन्छ ।

कैलाली परिश्रम टोल १ की ४५ वर्षीया सुशिला खड्काले बिहीवार ७२ वर्षीया आफ्नी आमा नानुमैया खड्कालाई दागबत्ती दिएकी छन् ।  लामो समयदेखि विरामी आमाको उनले रेखदेख र स्याहार सुसार गर्दै आएकी थिईन् ।

20160219_095324

आमाको सम्पूर्ण जिम्मेवारी सम्हालेकी उनले आमाको मुत्युपछि गर्ने सम्पूर्ण काजकिरियाको काम आफैँले गर्न पाउनु पर्ने भन्दै उनले आमालाई दागबत्ती दिएर कपाल मुण्डन समेत गरेकी छन् । उनले १३ दिनको कर्मकाण्ड पनि पूरा गर्ने छिन् ।

पुराजी धनप्रसाद सुवेदी भन्नुहुन्छ ‘महिलालाई जनै लगाउने अधिकार वेदमा नभएकाले र महिला किरिया बसेको समयमा रजस्वला भएमा त्यो किरिया विफल हुने भएकाले महिलालाई किरिया बस्ने अधिकार छैन् ।’ किरिया बस्नका लागि जनै लगाउनु पर्ने हुन्छ जनै लगाएकाले मात्र किरिया बस्न पाउने हुन्छन् । पहिला पहिला छोरा नभएका आमाबुबाको दागबत्ती जो अंशिया हुन्थियो त्यसैले दिने प्रचलन रहेको  पण्डितको भनाइ छ । सुशिलाले अहिले कुशको जनै बनाएर लगाउनु भएको छ ।

यदि मासिक रुपमा रजस्वला हुने महिलाले काज किरिया गर्नु परेमा १ जना ब्राम्हणको छोरालाई भाइ बनाएर बस्नु पर्ने पुजारी सुवेदीले बताउनुभयो ।

अविवाहित सुशिला खड्काले आफ्नी आमाको पार्थिव शरिरमा दागबत्ती दिन पाईन तर, अझै विवाहित छोरीको हकमा त्यती छुट वेदमा छैन पण्डित सुवेदीको भनाइ छ ।

आमाबुबाको सम्पूर्ण जिम्मेवारी छोरीले सम्हाले पनि आमा बुबा मर्दा अंश खाने छोराले मात्रै दागबत्ती दिने चलन अब परिवर्तन गर्न जरुरी भएकाले आमाको किरिया बसेको सुशिलाले बताइन् ।

प्रकाशित मितिः २०७२ फागुन ८ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: