दोहोरो जिम्मेवारीले थिचेको दिनचर्या


प्रकाशित मिति :2016-02-20 11:00:46

कहिले काँही मेरो श्रीमान र ममा के फरक छ भनी सोच्छु । उ रातदिन आफ्नो कामलाई मात्र प्राथमिकता दिने त्यसैमा लागिरहेन । एउटै काममा ध्यान दिएपछि कामपनि पूर्ण र स्तरिय हुँदो रहेछ । मैले घरको काम पनि भ्याउनु पर्ने र आफ्नो जिम्मेवारी पनि पुरा गर्नुपर्ने।

रमला सिंगक

xxपाँच वर्षको मेरो छोराले प्रत्येक छाक आज के तरकारी छ ममी भन्ने प्रश्न गर्न छोड्दैन । जे पाकेको छ त्यही भन्नुपर्यो । छोरालाई मन परेको तरकारी छ भने ‘वाउ टेस्टी यम्मी’ भन्ने । मन परेको छैन भने ‘छि म त यस्तो खान्न त्यस्तो खान्न’ । तरकारी के पकाउँ भन्ने चिन्ता आमालाई कति हुन्छ भन्ने त्यो वच्चालाई के थाहा । चिन्ताका विच जसोतसो तरकारी पाक्छ । केही समयका लागि तरकारीको चिन्ता  सकियो । अर्को चिन्ता शुरु समाचार के लेख्ने ……वाफरे तनाव ।

आफूलाई चाहिने सूचनाका लागि सम्वन्धित ठाँउमा फोन नम्वर डायल गर्यो । भनेको वेला फोन लागे र सूचना पाए भाग्यमानी । धेरै ठाँउमा त एक घण्टापछि गर्नोस्, सम्वन्धित व्यक्ति छैन, भोली गर्नोस आदीमै समय वित्छ । एक घण्टापछि फोन गर्यौ । फेरी जवाफ त्यही आउँछ । सानो सूचनाले अड्किएर महत्वपूर्ण र विशेष समाचार त्यतीकै अड्किन्छन् ।

यातायात पुग्ने नजिकैका छिमेकी जिल्ला त पुगौंला, सुनसरी आसपासका क्षेत्रमा भएका महिला सम्बन्धि ठूला र महत्वपुर्ण कार्यक्रमका समाचारका लागि ठाउमै पुगिएपनि टाढाका जिल्लामा पुग्न कठिन छ ।  टेलीफोनको भरमा क्षेत्र कभर गर्नुपर्ने मेरो वाध्यता भनि साध्य छैन । सानो सानो समाचार त टेलीफोनको भरमा पनि हुन्छ, तर ठुला र महत्वपूर्ण समाचारका लागि त सो ठाँउमा पुग्नै पर्‍यो । त्यहाँ पुग्दासम्मको मेहेनत र खर्च सम्झदा कहिले काँही आफ्नो जिम्मेवारी प्रति वितृष्णा नै जाग्छ । आफूले मासिक रुपमा पाउने तलव फोन खर्च र यातायातमै सकिँदा मन अमिलो हुने नै भो ।

केही महिना अघि एउटा समाचारको लागि एउटा संस्थामा फोन गर्दा त्यहाँका हाकिम सावले घरी कम्प्यूटर अपरेटर छैन, घरी कम्प्यूटर विग्रियो, घरी म अफिस वाहिर छु भनेर एक हप्तासम्म अलमल्याए । समाचार नपठाउँ सम्पादकले जसरी पनि पठाउनु पर्छ भन्ने, पठाउँ यसरी नै हाकिमले अलमल्याईरहने । अन्त्यमा केही सीप नलागेपछि  एकजना भाईलाई लिएर तीनघण्टाको वाईक यात्रामा निस्किएँ । जानुअघि हाकिम साव हुनुहुन्छ हुनुहुन्न भनी निश्चित गरें । उहाँ अफिसमै भएको जानकारी पाएपछि वर्खाको समय पानीमा रुझ्दै हामी सम्वन्धित स्थानमा पुग्यौं ।

हामी पुग्दा हाकिम साव अफिसमै हुनुहुँदो रहेछ । हामीले अभिवादन टक्र्यायौं र आफ्नो परिचय दियौं । धन्न हाकिम सावले परिचय पत्र मागेनन् । उनले फोनमा अलमल्याएको देख्दा त त्यो पनि माग्लानकी भन्ने पीर थियो । मागिहाले के गर्ने, परिचयपत्र ल्याउन विर्सेछु । मनमनै विकल्प निकालें यी वुज्रुक महासयले विश्वास गरेनन् भने डाईरेक्ट सम्पादक ज्यूसँग टेलीफोन वार्ता गराउँने । तर, यो सवको जरुरत परेन ।

उहाँलाई मैले टेलीफोन गर्ने मान्छे मै हो भनेपछि बल्ल आफ्नो समस्या वताएँ । पहिले पनि एकदुईजना पत्रकारले संस्थाको आचारसंहितालाई वेवास्ता गर्दै संस्थाले गरेको काम प्रकाशन गरिदिएका रहेछन् । त्यसले गर्दा संस्थाप्रति सेवाग्राही सशंकित हुँदारहेछन् । हाकिम सावले आफ्नो वाध्यता वताए । मैले त संस्थाको आचारसंहितालाई आँचपुग्ने खालको सूचना तथा तथ्यांक मागेकी त थिईन् । तर, पनि मलाई सानो सूचनाका लागि त्यहाँसम्म पुग्न वाध्य वनाए ।

उनले आफ्नो सहयोगीलाई मैले मागेको सूचना दिन लगाएर आफू अर्कै काममा लागे । केही समयमै हाकिम सावकी सहयोगीले मलाई आवश्यक पर्ने सूचना दिईन् । त्यति गर्दैमा झण्डै चार वज्न लाग्यो ।  तीनघण्टाको वाइक यात्रा फेरी शुरु भो । सिमसिमे पानीमा रुझ्दै सात वजेतिर घर पुगियो । दिउँसो खाजासम्म खान फुर्सद नपाएका हामी भोकले रन्थनिएका थियौं । लखतरान भएर घर त पुगियो । घरको लठिपत्र देखेर झन् धेरै थकित भएँ । दिउँसो घर छोड्दा सबै ठिकठाक भएका सामान त वाफरे भनिसक्नु छैन । यताको सामान उता ! उताको सामान कताकता  !  श्रीमान पनि पत्रकार भएकाले घर आईपुगेका  थिएनन् ।

जति नै थाकेपनि खाना आफैँ पकाउनु पर्ने मेरो वाध्यता । कपडा फेरफार गरेर किचन छिर्दा झण्डै आठ वजी सकेछ । हतार हतार दाल चामल तयार पारेर ग्याँसमा राख्न नपाउदै दिउँसो आफन्तको जिम्मामा छोडेको छोरो दौडदै आईपुग्यो । ‘किन ढिलो आउनुभएको’ भन्ने छोरोको प्रश्नको उत्तर दिन नपाउँदै अर्को प्रश्न तेर्साइ हाल्यो, ‘ममी अहिले के को तरकारी………..?’ मैले केही जवाफ दिईनँ । विहान वेलुकी तरकारी के पकाउँ र दिउँसो के समाचार लेखौं भन्ने चिन्तामा वितेको मेरो दैनिकी श्रीमानले त वुझ्न सकेका छैनन् त्यो ५ वर्षे वच्चाले के वुझ्थ्यो ।

कहिले काँही मेरो श्रीमान र ममा के फरक छ भनी सोच्छु । उ रातदिन आफ्नो कामलाई मात्र प्राथमिकता दिने त्यसैमा लागिरहेन । एउटै काममा ध्यान दिएपछि कामपनि पूर्ण र स्तरिय हुँदो रहेछ । मैले घरको काम पनि भ्याउनु पर्ने र आफ्नो जिम्मेवारी पनि पुरा गर्नुपर्ने । दोहोरो भूमिकाले थिचिएकी मलाई विहान कतिवेला घरधन्दा सकाएर आफ्नो जिम्मेवारी पुरा गरौं र पुन वेलुकी कतिखेर घरधन्दा पुरा गराैं भनि रुमल्लिरहँदा आफ्नो जिम्मेवारी पूर्ण र स्तरिय हुनसकेको  छैन । त्यसैले उ वरिष्ठ र म सामान्य पत्रकार हुँ भनी मुल्यांकन गरिन्छ । मेरो आफ्नै दावी छ रातदिन यहि काममा लाग्ने वातावरण मिलेमा म पनि वरिष्ठ हुन सक्छु । तर, म महिला भएकोले त्यही काममा मात्र लागिपर्ने छुट मलाई छैन ।

परिवार र साथीभाईले वारम्वार एउटै कुरा दोहोर्याईरहन्छ । तिमी र तिम्रो श्रीमान वरावरी छौ । तिमीहरूको भूमिका पनि वरावर । तिमी पनि पत्रकार उ पनि पत्रकार  । हामीलाई वरावर देख्ने समाज र परिवारले मेरो भूमिका र मेरो श्रीमानको भूमिका फरक छ भनेर कहिल्यै देखेन ।
पत्रकारको रुपमा हाम्रो भूमिका वरावर हो ।

उसले पनि समाचार लेख्ने हो मैले पनि समाचारै लेख्ने हो । तर, मेरो चाही दोहोरो भूमिका छ । दोहोरो भूमिका निर्वाह गर्दा मैले कति तनाव वेर्होनुपर्छ भन्ने चाहीँ उनीहरूले कहिले देखेनन् ।  घरको कामलाई मूल्यांकन नगर्ने यो समाज र परिवारको मानसिकताले कहिलेकाँही रोजगारी पनि वोझ नै लाग्छ ।

सम्पादन गरिएको  *दैनिकी

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: