नन्दा थापा
काठमाडौं। नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना जारी छ। एमाले पार्टी कार्यालय धुम्वाराहीमा शुक्रवारबाट जारी गणनामा अध्यक्षमा नविना लामाको समूह अगाडि देखिएको छ।
केपी ओली पक्षधर लामाले आईतबार बिहानसम्मको गणनामा ५६ मतले अध्यक्षका अर्का उम्मेदवार दिपक गौतमलाई पछि पारिरहेकी छिन्। लामाले उपत्यका, मेची, कोशी, माथिल्लो सगरमाथा, तल्लो सगरमाथा, जनकपुर, नारायणी, पूर्वी वाग्मती, पश्चिम वाग्मती, गण्डकी, धौलागिरीको मत गणना सकिएको छ।
उपाध्यक्षमा लामा प्यानलकै रश्मी आर्चायले अग्रता लिएका छन्। महासचिवमा पनि लामा समूहकै ऐन महरले अग्रता कायम गरेका छन्।
अब मत गणनाको लागि लुम्विनी, राप्ती, भेरी,कर्णाली, सेती, महाकाली र विशेष क्षेत्र वाँकी रहेको छ। आज दिनभरमा सम्पूर्ण क्षेत्रको गणना सकिने अनेरास्ववियुले जनाएको छ।
१७ पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि देशभरबाट आएका १ हजार ५१९ जनाले मतदानमा भाग लिएको सेती अञ्चलबाट उम्मेदवार दिएका मान बहादुर कार्कीले महिला खबर डटकमलाई जानकारी दिनुभएको छ।
प्रकाशित मितिः २०७२ फागुन ९ गते अाईतवार
Comment Here!