स्थानीय वस्तुबाट बनेका गलैंचा बिकेनन्


२७ औं राष्ट्रिय औद्योगिक तथा वस्तु प्रदर्शनी सम्पन्न

प्रकाशित मिति :2016-02-21 12:26:08

आस्था केसी
काठमाडौं ।  बैतडीदेखी गलैंचा लिएर २७ औं राष्ट्रिय औद्योगिक तथा वस्तु प्रदर्शनीमा सहभागी हुन आएकीसुमित्रा ऐरीको व्यापार सोचे जस्तो भएन। प्रदर्शनीको आज अन्तिम दिन, तर उनले एउटा पनि गलैंचा बिक्री नभएको गुनासे गरिन्। कमसल प्रकृतिका भएर अथवा राम्रा नभएर उनका गलैंचा नबिकेका भने होईनन्।

देख्दै आकर्षक, बिभिन्न रंगका ऊनबाट बनाइएको कलात्मक बुट्टाले भरिएका उनका गलैंचा देख्दै आकर्षक र किनुँ किनुँ लाग्ने खालका छन्। तर, स्थानीय कच्चा पदार्थबाट बनाइएको गलैंचा महगों भएकाले बिक्री हुन नसकेको उनको अनुमान छ।

कम्तिमा ७ हजारदेखि बढीमा १२ हजार रुपैयाँसम्म पर्ने गलैंचालाई उपभोक्ताले चिन्न नसकेको उनको भनाई छ। ‘एउटा गलैंचा बनाउन १५ दिनदेखी एक महिनासम्म लाग्छ, ग्राहकले ४ हजार, ४५ सयरुपैयाँमा दिन कर गर्छन्। आफू घाटा खाएर दिनु भएन, उचित मुल्य दिन कोही तयार हुँदैन,’ ऐरीले भनिन्।

सुदूरपश्चिमको बिकट जिल्ला बैतडीदेखी ४ दिन लगाएर कृषि उद्यमी मेलामा सहभागी हुन उत्साह र उमंगका साथ आएकी ऐरी कृषि मेलाको अन्तिम दिनसम्म एउटै गलैंचा बिक्री हुन नसक्दा आफ्ना सबै गलैंचा यत्तिकै फिर्ता लानुपर्ने कुराले चिन्तित छन्।
‘बरु जिल्लामा नै बिक्री हुन्छ, काठमाडौं तिरबाट गएका सरकारी कर्मचारीले कर्यालयमा प्रयोग गर्न र आफ्नो घरतिर पठाउन गलैंचा शतप्रतिशत मुल्यमा किनिदिने गरेका छन्’ उनले भनिन्।

मेलामा बिक्री भएन भने बरु बैतडीतिरै बोकेर जाने, तर घाटा खाएर काठमाडौंमा कुनै हालतमा नबेच्ने उनको सोच छ।

१५ वर्षदेखी बैतडी जिल्लाको गोठालापानीमा सिर्जना सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आईरहेकी ऐरीले सुदूरपश्चिमका बिभिन्न जिल्लामा करिब २ हजार महिलालाई गलैंचा बनाउने तालिम दिने गरेकी छन्। फागुन ४ गते देखि सुरु भएकाे २७ औं राष्ट्रिय औद्योगिक तथा वस्तु प्रदर्शनी अाजै सकिएकाे छ ।

प्रकाशित मितिः २०७२ फागुन ९ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: