‘इराकको कुर्दिस्थानबाट यसरी बाँचेर फर्किएँ’


प्रकाशित मिति :2016-02-21 15:09:16

रमला सिंगक

सुनसरी । बैदेशिक रोजगारीको नाममा विना दर्ता खोलिएका म्यान पावर कम्पनीले नेपाली महिला तथा किशोरीहरुलाई हिंसा ग्रस्त मुलुकमा धेरै पैसा कमाउने प्रलोभनमा पारेर बेच्चने गरेका धेरै घटना बाहिर आएका छन् । दलालको फन्दामा परेर १९ वर्षको कलिलो उमेरमा भारतको दिल्ली हुँदै इराकको कुर्दिस्तान पु-याइएकी मनिषा राई चाढे चार महिनापछि नेपाल फर्केंपछि यस्तो खुलासा भएको हो ।

भोजपुरको हसनपुर ४ कोलटार बस्ने मनिषा राईलाई दलालको सञ्जालले गत असोज १३ गते भारको दिल्ली हुँदै इराकको कुर्दिस्तान पु-याएका थिए । मनिषाले कुर्दिस्तानबाट निस्कने अनेक प्रयास गरेपछि अन्तत फागुन ४ गते नेपाल आउन सफल भइन् । कुर्दिस्तानमा दुई महिना सात दिन घरेलु कामदारको रुपमा काम गरिन् । त्यस बीचमा उनले घर मालिकको यौन दुव्र्यवहार, घरका अन्य सदस्यको नराम्रो व्यहार, खान समेत नदिने, राती २ बसेसम्म काममा जोतिनु पर्ने, कुटपिट गर्ने, मोबाइल फोन समेत प्रयोग गर्न नदिने, गाली गलौज मात्र गर्ने आदि कारणले तीन वटा घर परिवर्तन गरेको उनले बताइन् । करिव एक महिना शेर्पेनी साथीको कोठामा लुकेर बसेको बताइन् । उनले आफू नेपाल फर्कन नसक्ने चिन्ताले सताएको पीडा सुनाइन । इराकको कुुर्दिस्तानमै मुत्यु हुने हो कि भन्ने पीरले राती पनि सुत्नै नसकेको बताइन् ।

विहीबार धरानमा भेटिएकी मनिषाका अनुसार कहिले भोजपुर, कहिले धरान, कहिले काठमाडौंमा बस्दै आएकी मनिषा र उनका बाबु जयकुमार राई राहदानी बनाउन काठमाडांै जाँदा बसमा चिनजान भएका उदयपुर मैनामैनीका प्रमाण राईले बैदेशिक रोजगारीका लागि मिराकल म्यानपावर प्रालिका संचालक वमबहादुर गुरुङसंग भेट गराई दिएका थिए । प्रमाण राईले उनीहरूलाई आफू पनि वैदेशिक रोजगरीमा जान लागेको र आफ्नो श्रीमती पनि संगै जानका लागि काठमाडांैमा एम आर पी राहदानी बनाउन हिँडेको बताएका थिए ।
उनले भनिन्, ‘प्रमाण राईले वमबहादुरको मेन पावर कम्पनी अफिसमा नलगी वमबहादुरको घरमा लग्यो । त्यहाँ भेटिएका वमबहादुरले घरैमा बसी बसी पाचमुलुकहरु कतार, साउदी, ओमन, लेवनान, कुदिस्तान र दुवईमा कामदार पठाउने बतायो । मैले नामै नसुनेको ठाउँमा जादिन, कतार वा साउदीमा मिलाई दिनु भनें । तर उसले कुर्दिस्तानको भिसा छिटो आउने र दुइ वर्षमा ११ लाख रुपैयाँ कमिने लोभ देखायो । तै पनि मैले मानेको थिइन । मैले सोँचेको थिएँ कतार वा साउदीको भिसा मिलाइ दिन्छ होला ।’

manisha rai

इराकको कुर्दिस्तानबाट बाँचेर नेपाल फर्कन सफल भोजपुरकी मनिषा राई । साथमा उनका आमा बाबु ।

काठमाडौंमा बाबु छोरी केही दिन बसेपछि भिसा नआएसम्म पहाड तिर जाने भनेर घर तिर फर्केका थिए । तर भोजपुरमा फर्केको २० दिन मै वमबहादुरले कुर्दिस्तानको राम्रो भिसा झरेको जानकारी दिदैँ चाँडै आउन भने । नाम नसुनेको मुलुक भएपनि भिसा नै झरी सकेपछि काठमाडौ पुगेर एजेण्टले भने अनुसार दिल्लीबाट असोज १३ गते इराकको सुलेमान एयरपोर्ट पु-याएको उनले बताइन् ।

एजेण्टले भिसामा कुर्दिस्तानमा कम्पनीमा काम गर्ने भने पनि त्यहाँ पुगेपछि घरेलु कामदारको रुपमा पु-याएको उनले बताइन् । उनले भनिन्, ‘त्यहा काम गरेका घरहरू मध्ये पहिलो घरमा सरसफाइ गर्नु पर्ने काम थियो । तर खानै नदिने, दिएपनि कुकुर विरलोलाई जुठो, उभ्रिएको दिए जस्तै मलाई पनि जुठो भात दिने गरेका थिए । मैले यस्तो घरमा काम गर्दिन । नेपाल फर्किन्छु भन्दा घरवालाले ‘तलाई हामीले पाँच हजार डलरमा किनेको हो । एक वर्ष नपुगि कतै जान पाउादैनस्’ भनेर उल्टै थर्काउँथे ।’

केही शीप नलागेपछि त्यो घरकै छोरीको सहयोगमा कम्पनी (कुर्दिस्तानस्थित नेपाली चेली सप्लाई गर्ने एजेण्टको कार्यालय)मा उनी पुगिन् । त्यहाँ पुग्ना साथ एजेण्टले कुटपिट गरेको उनले बताइन् । उनले भनिन्, ‘मलाई कुटेको केही बेरमा उसैको मातहत नेपाली चेली बेटी सप्लाइ गर्ने प्रेमिका तामाङसंग भेट भयो । तामाङले मलाई फेरि तीन जना नानी हेर्नु पर्ने काम भएको घरमा लगन् ि। तर त्यहाँ त पाँच जना रहेछन् । काम बच्चा हेर्नु मात्र नभएर घरको सम्पूर्ण सरसफाइ गर्नु नै थियो । तर त्यो घरमा पनि यस्तै दुव्र्यवहार हुन थालेपछि तीन दिनमै छाडें । एजेण्टको कार्यालय पुगेर घरमा आमा तारा राईलाई फोन गरेर मलाई उकास्न पाँच लाख रुपैयाँ पठाउन भनें ।’ उनले त्यस बीच वमबहादुरलाई पनि आफ्नो अवस्था बारे जानकारी दिदैँ नेपाल फर्काउन अनुरोध गरिन् । तर वमबहादुरले ‘तलाई कुर्दिस्तान पु¥याउने काम गरें, अव फर्कन चाहान्छस् भने पाँच लाख रुपैयाँ तिरेर निस्की’ भनेपछि उनी झन निराश भइन् ।

यसवीचमा अर्को एक घरमा तीन जना वृद्धवृद्धा हेरचार गर्नु भनेर फेरि गइन् । तर त्यहाँ पनि सात जना रहेको र अन्य परिवारको व्यहार पनि उस्तै रहेको भएपनि दुइ महिनासम्म काम गरेको बताइन । उनले नेपाल फकिन्छु, काम गरेको ज्याला माग्दा दिननमा पछि रोइकराई गर्दा मासिक ३० हजार रुपैयाँको दरले ६० हजार रुपैयाँ दिएको बताइन । उक्त घर छाडेर उनी नेपाली भेला हुने पार्कमा गइन् । पार्कमा सात हजार डलरमा वेचिए पनि एजेण्टको नजरबाट लुक्दै बसेकी शेर्पा जातकी एक  युवती भेटेको र उसैको शरणमा लुकेर एक महिना बसेको उनले बताइन् । त्यसबीचमा इन्टरनेट चलाउँदा परिवर्तनशील सोंच माइन्ड एप्सका संचालक राम वियोगी र पोष्टवहादुर दिगर्चासंग फेशवुकमा भेट गरेपछि उनको समाचार परदेशी डटकममा तस्वीर सहित सार्वजनिक भयो ।

अनलाइनमा इराकको कुर्दिस्तानमा विचल्ली भएको उनको समाचार प्रकासित भएपछि धरानस्थित इलाका प्रहरी कार्यालयमा रहेको सामुदायिक सेवा केन्द्रकी सदस्य विद्या देवानले राम वियोगीलाई सम्पर्क गरिन् । देवानले माइती नेपाल र पौरखी नेपाल लगायत अन्य निकायमा उजुरी दिइन् । उनलाई नेपाल फर्काउन पहल गरिन् । अनलाइनमा आएको समाचार र अन्य दवावले वमहादुरले तत्कालै मनिषाको बाबा आमालाई फोन गरेर प्रहरीमा उजुरी नदिन दवाव दिए । उनले मनिषालाई सहिसलामत नेपाल फर्काउने बचन विद्या देवानलाई दिए ।

चेलीवेटी वेचखिनको मुद्धा पर्ने डरले दलाल गुरुङले कुर्दिस्तानमै रहेका नुरे तामाङ भन्नेलाई मनिषालाई जसरी पनि नेपाल फर्काउनु भनेर फोनमा बताएपछि बल्ल उनी नेपाल फर्किन सफल भएको मनिषाले बताइन् । उनले भनिन्, ‘त्यो वमबहादुरको १८ वर्षीय छोरा मिलनले पनि एक युवतीलाई प्रेमको नाटक गरेर कुर्दिस्तान पु¥याएको छ । ती विचल्लीमा परेकी युवतीले भने अनुसार मिलन पनि तिहार पछि आउँछु । अनि संगै काम गरौला पहिले तिमी जाउँ भनेर फकाएको आधारमा फसिन् ।’

वमबहादुरले इराक भन्दै कुर्दिस्तान पु-याउन दिल्लीमा ५० जना भन्दा बढी युवतीहरूलाई तीन चारवटा कोठमा राखेको अवस्थामा देखेकोमनिषाले बताइन् । उनीहरू सवै भिसा पर्खेर बसेका उनले बताइन् । उनले वमवहादुर जस्ता फर्जी काम गर्ने, सोझसाझा चेली बेटीलाई वैदेशिक रोजगारीको नाममा थाहै नपाई दलाली मार्फत कुर्दिस्तानमा पु¥याएर ४ हजार डलर देखि ६ हजार डलरसम्ममा वेच्नेलाई कारवाही गर्न माग गरेकी छिन् ।

प्रकाशित मिति २०७२ फागुन ९ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: