अनेरास्विवयुकाे अध्यक्षमा नविना लामा विजयी


प्रकाशित मिति :2016-02-21 22:22:39

महिला खबर

????????????????????????????????????

काठमाडाैं । नेकपा एमाले निकट   विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित हुनुभएको  छ।

लामाले आफ्ना प्रतिद्वन्द्वी  दिपक गौतमलाई २१६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित  हुनभएको हो। कुल  खसेको १५१९ मतमध्ये लामाले ८६५  र  गौतमले ६४९   मत प्राप्त गरेको  प्रवक्ता अारसी लामिछानेले जानकारी दिनुभयाे । यस्तै उपाध्यक्षमा महेश बर्तौला ७८६ ,रश्मी आचार्य ७४२,शैलेश लामा ६८२ र सुनिता बराल ७२१ मतका साथ निर्वाचित भएका छन्।
महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित हुनुभएको छ। उहाँले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गर्नुभएको हाे। महासचिवमा निर्वाचित ऐन महरले ८३१  मत  पाउनुभएको थियाे भने   उहाँका प्रतिद्वन्दी अब्दुल हुसेनले ६६० मत प्राप्त गर्नुभयाे । अखिलको २२ अाै‌ं महाधिवेशन माघ २८ गतेदेखि काठमाडाैंमा सुरु भएकाे थियाे ।
प्रकाशित मितिः २०७२ फागुन ९ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: