महिला खबर
काठमाडाैं । एमाले निकट अनेरास्ववियुको अध्यक्ष पद सम्हाल्ने नविना लामा दोस्रो महिला हुनुभएको छ । यसअघि रामकुमारी झाँक्रीले अखिलको नेतृत्व सम्हालिसक्नुभएको छ । आईतबार राति घोषित मतपरिणामअनुसार दीपक गौतमलाई २१६ मतले हराउँदै लामा अनेरास्ववियु अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
एमाले अखिलमा महिला उम्मेद्वारको ताँती
पार्टीको संस्थापन पक्षधर लामाको प्यानलबाट पदाधिकारीमा उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामालगायत विजयी भएका छन् । महासचिवमा पनि नविना लामा समूहकै ऐन महर विजयी हुनुभयो ।
सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन् । तीमध्ये सुदेश, आरती र ओसिम दिपक गैतम समूहका हुन् । कोषाध्यक्षमा पनि संस्थापन कै झपिन्द्र खत्री निर्वाचित भए ।
निर्वाचन आयोगमा तुलसी मैनाली, अनुशासन आयोगमा निशा अधिकारी र लेखा आयोगमा धमेन्द्र रोकाय निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष लामा २० वर्षदेखि विद्यार्थी राजनीतिमा छन् ।
काभ्रेको महेन्द्र मावि मदनकुँडारीको प्रारम्भिक कमिटी देखि नै १२ वर्षको उमेरदेखि लामा विद्यार्थी राजनीतिमा संलग्न हुनुभएको हो ।
२०६२/६३ को आन्दोलनमा सक्रिय उहाँले आफ्नो नेतृत्वमा संगठनभित्रको गुटउपगुट अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । महिला खबर डटकमसँगको कुराकनीमा उहाँ भन्नुहुन्छ ‘अखिल भित्रको गुटको अन्त्य गर्नुछ। विद्यार्थी संगठन भनेको गुटको होइन सम्पूर्ण विद्यार्थीको हितको लागि हुनुपर्छ।’
महिलालाई राजनीतिमा ल्याउन त्यो भन्दा बढी सहभागिता गराउन पहल गरिने उहाँले बताउनुभयो । महिला भएर राजनीतिमा लाग्नुपर्दाका र भोग्नु परेका कठिनाईलाई कसरी मेट्न सकिन्छ भन्नेतिर पनि ध्यान दिने बचन उहाँले दिनुभयो
। उहाँले भन्नुभयो ‘राजनीतिमा महिलालाई टिक्न गाह्रो छ, महिला भने पछि जहाँ पनि हेर्ने दृष्टिकोण पुरानै छ। हामी महिला यो देशको सर्वोच्च पदमा पुग्न सफल भएका छौं।
अबको विद्यार्थी आन्दोलन शैक्षिक सम्वृद्धीका लागि हुनेछ : नविना लामा
अनेरास्ववियु जिल्ला कमिटी काभ्रेको उपाध्यक्ष, केन्द्रीय सदस्य, दुई कार्यकाल सचिवालय सदस्य, उपाध्यक्ष, महासिचव भइसकेकी उहाँ बानेश्वर क्याम्पसको स्ववियु सचिव र सभापतिसमेत भइसक्नुभएको छ ।अघिल्लो कार्यकालमा अध्यक्षको टिकट नपाएपछि उपाध्यक्ष रहेपनि उहाँ फेरी महासचिव हुनुभएको थियो ।
प्रकाशित मितिः २०७२ फागुन १० गते साेमवार
Comment Here!