महिला खबर
बर्दिया । अखिल नेपाल महिला संघका केन्द्रिय सचिव सुमित्रा विसिले संगठन नै बल भएको भन्दै महिला संगठित हुँदै आफ्ना अधिकारको निम्ति अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।
अनेमसंघ बर्दियाले आयोजना गरेका जिल्लास्तरिय महिला भेलामा बोल्दै विसिले यस्तो बताउनु भएको हो । यसैगरी केन्द्रिय सदस्य विना ज्ञवालीले अनेमसंंघका अध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएको स्मरण गराउँदै भन्नुभयो ‘ यो संघ महिला नेता उत्पादन गर्दछ ।’
अनेमसंघ केन्द्रिय प्रचार, विभागका सदस्य अछरी पोखरेलले महिलाले राजनीति गर्न संचारमाध्यमबाट टाढा रहन नहुने बताउँदै महिलाले समाचार सुन्ने र पढ्ने बानी बसाल्नु पर्ने बताउनुभयो ।
प्रकाशित मिति २०७२ फागुन १० गते सोमवार
Comment Here!