महिला खबर
म्याग्दी । जिल्ला अस्पताल म्याग्दीमा पाठेघर खस्ने समस्याको शल्यक्रिया सेवा सुरु भएको छ । जिल्ला अस्पतालले पाठेघर तथा प्रजननसम्बन्धी समस्या भएका महिलाको स्वास्थ्य परीक्षण, शल्यक्रिया, औषधि वितरण र परामर्श सेवा सुरु गरेको हो ।
बेनीमै पाठेघरको शल्यक्रिया सेवा उपलब्ध भएपछि पोखरा, चितवन, काठमाडौँ जानुपर्ने समस्याबाट म्याग्दीका साथै छिमेकी पर्वत, बागलुङ र मुस्ताङका महिलालाई समेत सुविधा मिल्ने जिल्ला स्वास्थ्य प्रमुख वरिष्ठ चिकित्सक रोशन न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार निक साइमन इन्टिच्युट र पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको सहयोगमा शल्यक्रिया सेवा सुरु गरिएको हो ।
जिल्ला अस्पतालले न्यूनतम शुल्कमा शल्यक्रिया सेवा उपलब्ध गराउन लागेको हो ।
प्रकाशित मितिः २०७२ फागुन १० गते साेमवार
Comment Here!