नन्दा थापा
काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २२ औं महाधिवेसनमा अध्यक्ष नविना लामा सहित सचिवालयमामात्रै १० जना महिला निर्वाचित भएका छन्। माघ २८ गतेबाट सुरु भएर फागुन ९ गते सम्म चलेको भएको महाधिवेशनमा खुल्ला र आरक्षण कोटाबाट १० जना महिला निर्वाचित भएको नवनिर्वाचित सचिव आरसी लामीछानेले महिला खबर डटकमलाई जानकारी दिनुभएको छ।
पदाधिकारीमा १ जना, सचिवालयमा ७ जना, केन्द्रिय कमिटीमा प्रत्येक अञ्चलबाट एक एक जना र राष्ट्रिय परिषद सदस्यमा प्रत्येक अञ्चलबाट एक एक जना महिला हुनुपर्ने अनेरास्ववियूको विधानमा छ ।
अहिले केन्द्रीय र राष्ट्रिय परिषद सदस्यमा बाहेक पदाधिकारी र सचिवालयमा १० जना महिला निर्वाचित भएको लामिछानेको भनाई छ। तर सदस्यमा कति महिला आए त्यो भने हेेर्न वाँकी रहेको उहाँको भनाइ छ। पदाधिकारीदेखि राष्ट्रिय परिषद सदस्यसम्ममा निर्वाचित भएका सदस्यको नामावली मंगलबार पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने लामिछानेले बताउनु भयो।
खुल्लाबाट अध्यक्षमा नविना लामा, उपाध्यक्षमा सुनिता बराल, आरक्षणबाट सचिवमा आरती लामा, सचिवालय सदस्यमा संझना अधिकारी, कल्पना वाईबा, कल्पना थापा, यशु लामा, केसरी रेग्मी, सरिता पुरी, सुजाता पोखरेल र आरती रेग्मी निर्वाचित भएका छन्।
त्यस्तै अनुशासन आयोगमा पनि महिला नै निर्वाचित भएको लामिछानेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो – अनुशासन आयोगको अध्यक्षमा पनि निशा अधिकारी निर्वाचित हुनुभएको छ।
प्रकाशित मितिः २०७२ फागुन १० गते साेमवार
Comment Here!