हामीलाई विश्वास गर्नुस् : प्रहरी


प्रकाशित मिति :2016-02-22 16:40:55

महिला खबर

पोखरा । प्रहरीको अनुसन्धानमा शंका नगर्न कास्की प्रहरी प्रमुख हरी पालले आग्रह गर्नु भएको छ । आफ्नो १३ महिने कार्यकालपछि दंगा नियन्त्रण प्रहरी कार्यालय काठमाडौंको प्रमुखमा सरुवा भएर जान लाग्नु भएका पालले विदाई कार्यक्रममा पोखरेली जनतालाई सो  आग्रह गर्नु भएको हो ।

पोखरामा पछिल्लो पटक  ५ महिला मृत फेला परेको घटना संयोग भएको बताउँदै हरेक नागरिक सम्मान पूर्वक बाँच्न पाउने अधिकारप्रति प्रहरी सधै सजक रहेको बताउनुभयो ।

12744751_1140978192599519_8048058910110766298_n

पालले योरुना हत्याकाण्डका विषयमा सर्वसाधारणले उठाईरहेको जिज्ञासा स्वाभाविक भएपनि प्रहरीले लामो अनुसन्धानपछि सार्वजनिक गरेको कुरामा ढुक्क हुन आग्रह गर्नु भयो ।  महिला हिंसा न्यूनिकरणमा आफू संवेदनशील भएर काम गरेको स्मरण गर्दै पछिल्ला घटनाक्रमले आफूलाई समेत निकै चिन्तित बनाएको  बताउनुभयो ।

सो विदाइ कार्यक्रममा महिला तथा बालबालिका कार्यलयका प्रमुख लक्ष्मी जि.सी, नेपाल पत्रकार महासंघका अध्यक्ष रामकृष्ण ज्ञवाली, संस्कृति कर्मी तीर्थ श्रेष्ठ, तमुधिं नेपालका अध्यक्ष कर्म तमु, पर्यटन व्यवसायी सोम थापा, लगायतले राज्यले सुम्पेको जिम्मेवारीलाई  प्रहरीले सधै आत्मसात गरेर नागरिकको मानवअधिकार रक्षार्थ लाग्नु पर्नेमा जोड दिनु भयो । साथै १३ महिने कार्यकालमा पालबाट भएका  सकारात्मक कार्यको प्रशंसा समेत गर्नु भयो ।

प्रकाशित मिति २०७२ फागुन १० गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: