मस्तिष्क बाहिर निस्किएको शिशुको जन्म


प्रकाशित मिति :2016-02-23 09:48:46

महिला खबर

12746160_1104495459602745_360357863_n - Copyपोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा तनहुँ साँघे घर भएकी मनमाया थापाले मस्तिष्क बाहिर निस्किएको र ठाउकाकाे विकास नभएको  शिशुकाे जन्म दिएकी छन् ।  शिशुको ओठ र तालुको फाटेको छ, भने टाउको र हड्डीको पनि राम्रोसँग विकास भएको छैन । शिशुको भित्री दिमाग बाहिर निस्केको छ  भने हात खुट्टा पनि असामान्य रहेको  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाका बाल रोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले जानकारी दिनु भयो ।

आफूले पहिलो पटक यस्तो अनौठो प्रकृतिको शिशु देखेको उहाँले बताउनुभयो । बास्तोलाले भन्नुभयो ‘यो असामान्य शिशु हो, शरीरका धेरै अंग अनौठो लाग्छन् ।’ शिशुको तौल ३.३५ केजी रहे पनि शारीरिक सुगठन र विकास असामान्य रहेको छ । शिशुको अहिले क्षेत्रीय अस्पतालको एनआइसियुमा उपचार भइरहेको छ । भित्री अंग बाहिर भएकाले संक्रमणले गर्दा लामो समय बाँच्ने संभावना कम रहेको बास्तोलाले जानकारी दिनु भयो ।

असामान्य प्रकृतिको शिशु जन्मनुको कारण मनमायाले गर्भवति अवस्थामा खानु पर्ने आइरन चक्कि क्याल्सियम, फोलिक एसिड, टिटि खोप नलगाएका कारण यस्तो प्रकृतिको शिशु जन्मिएको डाक्टरको भनाइ छ  । यस सँगसँगै गर्भवति अवस्थामा पोषिलो आहारको अभाव , गर्भवति महिलाले पेटको बच्चाको ख्याल नगरी पेटमा असर पर्ने खालको काम गर्दा यस्ता  प्रकृतिका शिशुको जन्म हुन सक्ने डा. बास्तोलाको भनाइ छ ।

प्रकाशित मिति २०७२ फागुन ११ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: