संविधानको महत्वपूर्ण उपलब्धी आमाको नाममा नागरिकता : अनेमसंघ


प्रकाशित मिति :2016-02-23 10:27:16

देविका घर्ती मगर

दाङ । जारी संविधानमा महिलाका निमित्त आमाको नामबाट नागरिक दिने विषय उल्लेख गरिनु महत्वपूर्ण उपलब्धी भएको दाङका महिला अगुवाहरूले बताएका छन् ।  अखिल नेपाल महिला संघ दाङले घोराहीमा आयोजना गरेको संविधानका अन्तरवस्तु विषयक छलफल कार्यक्रममा महिलाले संविधानमा नागरिकता प्राप्त गर्दा अब आमा वा बावु भनेर उल्लेख भई आमाको नामबाट नागरिक प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको उनीहरूको दाबी छ ।

कार्यक्रममा संविधानका अन्र्तवस्तुका बारेमा जानकारी दिँदै अनेमसंघका केन्द्रीय सचिव सुजिता शाक्यले भन्नुभयो–‘आमा वा बावुको नामबाट भनेर उल्लेख गरिएकाले अब आमाले पनि आफ्नो नामबाट आफ्ना सन्तानलाई नागरिक दिन सक्ने अवस्थाको सिर्जना भएको छ । यो लामो समयदेखि नेपालमा गरिएको महिला आन्दोलनको महत्वपूर्ण उपलब्धी हो ।’ यस्तै संविधानमा सम्पत्तिमाथिको महिलाको अधिकार सुनिश्चित गर्न दम्पत्तिको संयुक्त रुपमा सम्पत्ति रहने व्यवस्था गरिनु पनि महत्वपूर्ण भएको भन्दै यसले महिलालाई आर्थिक रुपमा थप बलियो बनाउने शाक्यले बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्वास्थ्य एवं जनसंख्या विभाग प्रमुख समेत रहनुभएका शक्यले महिलाको प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चितता गरिनु अर्को महत्वपुर्ण उपलब्धी भएको बताउँदै संविधानमा महिला हिंसालाई दण्डनिय बनाइएको जनकारी गराउनु भयो ।
संविधानसभाका ८५ प्रतिशत सदस्यले मतदान गरी ९१ प्रतिशत सदस्यले अन्तिम हस्ताक्षर गरेर जारी गरेको संविधान भएकाले यसमा सबै वर्ग, क्षेत्र, लिंग, समुदायले अपनत्व महसुस हुनेगरी संविधान जारी भएको शाक्यले बताउनुभयो ।
उहाँले यसमा पनि केही त्रुटीहरू रहेपनि संविधानका केही बूँदाहरू बाहेक बाँकी कुराहरू संशोधन गर्न मिल्ने भएकाले नसमेटिएका विषयहरूमा पछि पनि छलफल गर्न सकिने बताउनुभयो ।

Mahila News-1

देशभर नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी २ सय १७ नपा तथा ३ हजार १ सय ५७ गाविस गरी ३ हजार ३ सय ७५ स्थानिय निकायमा अब स्थानिय निर्वाचन हुने बताउँदै नेता शाक्यले त्यसका लागि अहिलेदेखि तिब्र रुपमा तयारी गर्न आग्रह गर्नुभयो । २ सय ४० निर्वाचन क्षेत्रबाट घटेर अहिले १ सय ६५ निर्वाचन क्षेत्र भएकाले राजनीतिक क्षेत्रमा क्रियाशील नेतृत्वले थप मेहनत गर्नेबेला आएको उहाँले बताउनुभयो ।

स्थानिय निकायको निर्वाचनमा महिलालाई कसरी हुन्छ सक्षम बनाएर अगाडी बढाउनुपर्ने उहाँको भनाई थियो । संविधान जारी भैसकेपछि यसभित्र समेटिएका हरेक बुँदाहरुमा जानकार हुन आवश्यक रहेको भन्दै नेता शाक्यले संविधानमा म कहाँनेर अटाएको छु भनेर खोजी गर्न आग्रह गर्नुभयो ।

अनेमसंघ दाङका अध्यक्ष सिमा न्यौपानेको अध्यक्षतमा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल इञ्चार्ज खेममान खड्का, अनेमसंघका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष मेनका पोखे्रल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल सहईञ्चार्ज गुलावजँग शाह, केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईञ्चार्ज मेटमणि चौधरीले महिलाको सहभागीताबिना कुनैपनि कार्यहरू सम्पन्न गर्न नसकिने बताउनुभएको थियो ।

प्रकाशित मिति २०७२ फागुन ११ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: