महिला खबर
पोखरा । महिलाले सञ्चालन गरेको पर्वत कुश्माको पहिलो सामुदायिक रेडियो दिदी बहिनीले आठौँ पश्चिमाञ्चल महिला महोत्सव गर्ने भएको छ ।
रेडियोको छैठौँ वार्षिकोत्सव तथा अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर फागुन २३ देखि २६ गते सम्म विविध कार्यक्रमका साथ महोत्सव गर्न लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा रेडियोका अध्यक्ष कल्पना चापागाइले जानकारी दिनु भयो ।
महिलाको आर्थिक, सामाजिक तथा राजनैतिक अधिकारको क्षेत्रमा सक्रिय रहँदै विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि पश्चिमाञ्चलस्तरिय महिला महोत्सवलाई निरन्तरता दिइएको अध्यक्ष चापागाइले जानकारी दिनु भयो ।
महोत्सवका कार्यक्रममा रत्यौली तथा भजन प्रतियोगिता, विद्यालयस्तरिय सामुहिक नृत्य प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता शैक्षिक समाग्री , विशेषज्ञ डाक्टरद्धारा निःशुल्क स्वास्थ्य परीक्षण, कृषिजन्य उत्पादनको प्रदर्शनी लगायतका विविध कार्यक्रम रहेका छन् ।
कार्यक्रमका विभिन्न विधामा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद सहित आर्कषक पुरस्कार समेत प्रदान गरिने अध्यक्ष चापागाइले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ फागुन ११ गते मंगलवार
Comment Here!