महिलामाथि याैन दुर्व्यवहार गर्ने २ न्यायाधिसलाई सर्वाेच्चले झिकायो
महिला खबर
काठमाडाैं । सर्वाेच्च अदालतले महिलामाथि यौन दुर्व्यवहार गर्ने दुई जना जिल्ला न्यायाधिशलाई काठमाडाैं झिकाएको छ । महोत्तरीका न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बास्तोलालाई काठमाडाैं झिकाइएको सर्वाेच्च अदालतका प्रवक्ता विश्वराज पाैडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘काठमाडाैं झिकाइएको हो, उहाँहरू अाइपुग्नुभएको छैन , आएपछि घटनाको बारेमा बुझेर कार्वाही अघि बढाइनेछ ।’
महोत्तरीको एक होटलमा रक्सीले मातिएका अवस्थामा एक महिलामाथि हातपात गरेको आरोप न्यायाधीशद्वय ढुंगाना र बास्तेलालाई लागेको छ । बर्दिबासको शिश महल भन्ने होटलमा न्यायाधिस बास्तोलाले महिलालाई पाखुरामा समातेर अभद्र भाषामा होटलको कोठामा लैजान खोजेपछि उनी चिच्याएको बयान स्थानीयले प्रहरीमा दिएका थिए ।
महिला कराएपछि न्यायाधीश भाग्दै कार चढेको र स्थानीय र पीडितका आफन्तले उनलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । एक सहकारीमा काम गर्ने महिला पैसा उठाउँन उक्त होटल पुगेकी थिइन् ।
प्रकाशित मितिः २०७२ फागुन ११ गते मंगलवार
Comment Here!