गाडी चालककी छोरीको विश्व च्याम्पियन बन्ने सपना


प्रकाशित मिति :2016-02-23 17:35:30

स्वर्ण पदकको मुल्य समान भएपनि महिलाले त्यो पनि एकलरुपमा जितेको पदकको त्यति चर्चा नहुँनु दुःखद हो, यसले निराश बनायो।

निर्मला भट्ट

गाँउमा छोराछोरी विग्रिन्छन्, पढाई राम्रो छैन भनेर निमा घर्तीमगरका वुवाले काठमाडौँ ल्याएका थिए। तर छोरीले परिवारकोमात्रै होइन देश कै शीर उँचो बनाइन्।  रोल्पा जिल्लाको एउटा मध्यम वर्गीय परिवारमा जन्मिएकी निमाले १२ औँ सागमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाइन्। पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाएकी निमाले उसुको थाउलो अन्तर्गत नानछवान अलराउन्ड स्पर्धामा १६.९१ अंकसहित नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्।

निमाका बुवाले काठमाडौंमा बलेरो गाडी चलाउँछन्। निमा भन्छिन, ‘काठमाडौँ आईसकेपछि बुवाआमालाई गाह्रो भएको थियाे, तर कहिले देखाउनु भएन। हाम्रो घरमा चोरी पनि भएकाले आर्थिक संकटबाट समेत गुज्रनु परेको थियो।’ आमा पसल चलाउनुहुन्छ र वुवा गाडी चलाउनुहुन्छ। त्यसैबाट परिवार चलेको छ।’

nim

रोल्पाको नाडीचौर की १६ वर्षीया निमा सानैदेखि खेलमा रुची राख्थिन्। उनी स्कुलमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुन्थिन्। तर, पहिलो भएको अनुभव उनलाई छैन। ‘राष्ट्रिय खेल रनिङ सिल्ड, जुनियर च्याम्पियनसीप, विशेष अवसरमा हुने खेलकुदमा सहभागिता जनाउँथेँ। पहिलो चै भइनँ दोश्रो, तेश्रो हुन्थेँ’ उनी भन्छिन्। उसुमा उनको रुचि त थियो, तर चाहेको सफलता उनले घरेलु प्रतियोगिताहरूमा पाएकी थिइनन्। उनी भन्छिन् ‘२ वर्षअघि लुम्विनी च्याम्पियनसीपमा तेश्रो भएँ नराम्रो लाग्यो। त्यसपछि धेरै मिहिनेत गरेर एसियन गेममा छनौट भएँ र यसमा राम्रो नतिजा देखियो।’ मिहिनेत अनुसार सफल भईन्छ भन्ने कुरा सिकेको उनको भनाइ छ। अझैँ धेरै मिहिनेत गरेर उसुमा विश्व च्याम्पियन बन्ने सपना निमाको रहेको छ।

सानै भएकाले बाबाआमालाई भएको दुःख महसुस गर्न सकिएन, तर बसाई सरेर अर्को ठाँउमा आउँदा खर्च धान्न कति गाह्रो भयो होला, अहिले सोचेर दुःख लाग्छ उनी भन्छिन्। अहिले कक्षा १० मा अध्ययनरत निमालाई पढाई र अभ्यास सँगसँगै अगाडी लैजान निकै गाह्रो भएको थियो।

सागको तयारीको लागि विहानदेखि अभ्यासमा ब्यस्त हुने उनको स्कुलको पहिलो कक्षा सधैँ छुट्थ्यो। उनले भनिन्, ‘नेपाली विषयको क्लास छुट्थ्यो त्यसले पढाईमा कमजोर पनि भईयो, तर अहिले चाँही खुशी लागेको छ।’ पढाईसँगै खेलका लागि समय मिलाईदिएकोमा विद्यालय परिवार लाई उनले धन्यवाद दिईन्। ललितपुरको डन बस्को बोर्डिङमा अध्ययनरत निमा अहिले एसएसलसीका तयारीमा छन्। खेलको अभ्यासका क्रममा पढाई केही कमजोर भएपनि सुधार्ने उनको विश्वास छ। भन्छिन्  ‘एसएलसीसम्म पढाई सुध्रन्छ। म जसरी पनि सुधार्छु। ‘

कक्षा ७ मा पढ्दै गर्दा चिनजानकी एकजना दिदीले उसु खेलका बारेमा निमालाई भनेकी थिइन्। उसु भनेको कहिल्यै नसुनेकी उनलाई खेल्न थालेपछि भने रमाईलो लाग्न थाल्यो। अनि निरन्तरता दिइन्। ‘खेल्दै जाँदा यत्रो सफलता हात पर्छ भन्ने सोचेकी थिइनँ, आफूमा विश्वास भएपनि प्रतियोगिताहरूमा नतिजा के होला भनेर डराउँथे’ उनले भनिन्।

आफूले स्वर्ण पदक जितेको भन्दापनि आफ्नो सफलतामा आमाबुवा खुशी भएको देख्दा सवैभन्दा बढी खुशी भएको निमा बताइन्। ‘खेल जितेर नेपाल आउँदा बिमानस्थलमा ममी बाबा, स्कुलका साथीहरू, शिक्षक र गाँउबाट आएका मान्छेको भिड देख्दा म दङ्ग थिए’ उनी भन्छिन्।

18542be4-07f8-4980-bd29-faea30c32491

‘मलाई सवैभन्दा बढी खुशी त्यतिवेला लाग्यो, जव विमानस्थलमा मान्छेले ममी बाबालाई बधाई दिदै अंगालो हालिरहेका थिए, अनि बल्ल आफूलाई गौरव गर्न मन लाग्यो। विमानस्थलमा साथीहरूले आफूलाई उचाल्दै खुशीले कराईरहेको देख्दा एकदम राम्रो लाग्यो’ उनले प्रसन्न मुद्रामा भनिन्।

१२ औँ सागमा नेपालले जम्मा ६० पदक जितेको थियो। यीमध्ये ३७ पदक महिलाले दिलाएका थिए। ३ वटा स्वर्ण मध्ये २ वटा महिलाले जितेका थिए र एउटा पुरुष फुटवल टिमले। तर, फुटवल टिमको जति चर्चा भयो त्यति स्वर्ण जितेका महिलाको भएन। फुटवल टिमका लागि नगरपरिक्रमा गराउने, फेसवुकका वाल भर्ने, पुरस्कार दिनेलगायत निकै चर्चा भयो। ‘तर, स्वर्णको मुल्य समान भएपनि महिलाले त्योपनि एकलरुपमा जितेको पदकको त्यति चर्चा नहुँनु दुःखद हो, यसले निराश बनायो’ उनले भनिन्।

स्वर्ण पदक दिलाउने खेलाडीलाई सरकारले दिने भनेको पुरस्कार उनले पनि पाउने छिन् । तर, उनले दिएको योगदान को त्यति धेरै चर्चा भएन। हुनत फुटवल चर्चित खेल हो चर्चा हुनु स्वभाविक हो। फुटवल टिमले जित्नु हाम्रो लागि पनि निकै गौरवको विषय थियो। तर १६ वर्षीया बालिकाले स्वर्ण दिलाउनु पनि कम चर्चा र गौरवको विषय थिएन। निमाले साथीहरु, शिक्षक र परिवार खुशी हुँदा पनि निकै खुशी भएको बताईन। उनलाई स्कुल, मगर संघ, नेपाल स्काउट र नेपाली सेनाले सम्मानित गर्‍यो ।

nima-gharti-magar-e1454919963824

नेपालमा खेल जिवन र खेलाडीहरूको भविष्य खासै सुरक्षित नभएको निमाको भनाई छ। खेलजिवन ‘विदेशमा एक पटक राष्ट्रियस्तरको खेलाडी भईसकेपछि जिवन सुरक्षित हुन्छ, तर नेपालमा त्यस्तो छैन। जिवन सुरक्षित छैन, तर म आफ्नै मिहिनेतले सफलता हासिल गर्न चाहान्छु ‘ उनी भन्छिन्।

‘अझैँ धेरै मिहिनेत गरेर पढाई र खेल लाई सँगसँगै लैजाने उनको योजना छ। भन्छिन् ‘उसुमा अझ ठुलो सफलता हासिल गरेर नयाँ रेकर्ड कायम गर्न चाहान्छु।’ सरकारले केही नगरेपनि आफैँ खेलक्षेत्रमा स्थापित भइ सफल बनाउने सपना उनले देखेकी छन् । उनी भन्छिन्, ‘म चाहान्छु म प्रति देशले अझै गौरव गरोस, त्यसका लागि अझै धेरै गर्न बाँकी छ।’

प्रकाशित मितिः २०७२ फागुन ११ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: