महिला खबर
पोखरा । अमेरिकामा रहेका श्रवण श्रेष्ठले पत्रकार महिलाको संस्था संचारिका समूह पश्चिमाञ्चललाई आर्थिक सहयोग गर्नु भएको छ।
पत्रकार महिलाको क्षमता तथा दक्षता अभिवृद्धिकालागि संचालित ३ दिने फिचर लेखन तालिमको सहयोगार्थ श्रेष्ठले सो रकम उपलब्ध गराउनु भएको हो।
१६ वर्षदेखि अमेरिकामा रहँदै आउनु भएका पोखरा रामबजार निवासी श्रेष्ठले नेपालका विभिन्न सामाजिक क्षेत्रकालागि सहयोग गर्दै आउनु भएको छ। नेपाली समाजमा बढ्दो महिला हिंसा न्यूनिकरणमा संच्ाारको भूमिका औल्याउँदै पत्रकार महिलाको क्षमता तथा दक्षता वृद्धिकालागि सहयोग गरेको उहाँले बताउनु भएको छ। उहाँले लैंगिक समानताकालागि पत्रकार महिला क्रियाशील हुनुपर्नेमा जोड दिनु भएको छ।
संचारिका समूहले यहि फागुन १५ गतेदेखि १७ गतेसम्म पश्चिमाञ्चलका क्रियाशील २० जना पत्रकार महिलालाइ फिचर लेखन तालिमको आयोजना गरेको छ।
प्रकाशित मितिः २०७२ फागुन १२ गते बुधवार
Comment Here!