विद्यार्थी आन्दोलन रचनात्मक बनाउनु जरुरी : नविना लामा


प्रकाशित मिति :2016-02-24 16:14:39

नन्दा थापा

Nabinaकाठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी नवनिर्वाचित अध्यक्ष नविना लामाले शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसंगतिविरुद्ध लड्ने आफ्नो योजना रहेको बताउनु भएको छ। व्यक्तिले शैक्षिक संस्था खोल्न पाउने डरलाग्दो नीतिविरुद्ध आफ्नो लडाइ जारी रहने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ ‘शिक्षामा माफियाकरण छ, शिक्षा नाफामुखी छ, यसको अन्त्यको लागि आन्दोलन गर्दै आएका छौं र अझै गर्नेछौं।’ नीजि र सरकारी शिक्षाबीचको खाडल र विभेद अन्त्य अत्यन्त जरुरी रहेको उहाँले बताउनुभयो।

लामाले विद्यार्थी आन्दोलन सधैँ टायर बाल्ने र तालाबन्दी गर्ने भनेर आलोचित भएको भन्दै अव यसलाई सृजनात्मक र रचनात्मक बनाउनुपर्ने बताउनुभयो। सबै विद्यार्थीलाई राजनीतिमा जोड्नुपर्ने उहाँको विचार छ।

विद्यार्थी आन्दोलनको उपलब्धी स्वरुप संविधानमा शिक्षा मौलिक अधिकारका रुपमा पाएको उहाँ बताउनुहुन्छ।

नेपालमा शिक्षा नीति कस्तो बनाउने ? प्राथामिक, माध्यमिक, उच्च र विश्वविद्यालयलाई कसरी व्यवहारिक बनाउने भन्ने बहस आफ्नो संगठनभित्र जारी रहेको उहाँको भनाइ छ । ‘हिमाल पहाड र तराईमा एउटै पाठ्यक्रम हुनुपर्छ, यसलाई नयाँ ढंगले लैजाने मेरो प्रयास रहनेछ’ लामा भन्नुहुन्छ।

लामाले आफ्ना प्रतिद्वन्द्वी दिपक गौतमको सहयोग आफूलाई पाईला पाईलामा आवश्यक रहने बताउनुभयो।

प्रकाशित मितिः २०७२ फागुन १२ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: