खेमा बस्नेत
कैलाली । हिंसा प्रभावित महिला मानसिक तनावमा भएको बेलामा उसलाई आत्मबल बढाउने कुरा गर्नु पर्ने महिला अधिकारकर्मीहरूको भनाइ छ । धेरै महिला घरेलु हिंसा,बहुविवाह,बलत्कार र प्रेम सम्बन्धका कारण आत्मबल घटेर आत्महत्या गर्ने गरेका छन् तर, उनीहरूलाई त्यो समस्याबाट माथि उठाएर उनीहरूको आत्मबल र सकारात्म सोचको विकास गरेमा महिला आत्महत्या गर्ने सोच नराख्ने दलित महिला अधिकार मञ्च कैलालीकी कार्यक्रम निर्देशक सावित्रा घिमिरेले बताइन । हाम्रो समाजमा हिंसामा परेका महिलाको आत्मबल बढाउनुको साटो विचरा अब केही गर्ने सक्दैन उसको जिन्दगी बरवाद भो भन्ने जस्ता कुरा गर्ने तर उसको आत्मबल बढाउने कुरा नगर्ने घिमिरेले भनाइ छ ।
अन्तरपार्टी महिला सञ्जाल कैलालीकी अध्यक्ष निरु रिजालले सकारात्क सोच भन्दा नकारात्क सोचका कारणले समाजमा हिंसा तथा आत्महत्या बढी रहेको बताइन । समाजमा महिलामाथि हेर्ने सकारात्क भन्दा पनि नकारात्क सोचकाकारण समाजमा हिंसा र आत्महत्या बढी रहेको उनको तर्क छ । रिजालल भनिन् ‘अब त्यस्ता हिंसा प्रभावित महिलालाई हामीले आत्मबल र आत्मविश्वास बढाउने काम गर्नु पर्दछ ।’
युएनओमेनकी योजना अधिकृत प्रतिभा चौधरीले महिला अगाडि बढ्दा जहिले पनि नकारात्मक टिप्पणी हुनाले उनीहरूको आत्मबल घट्ने गरेको बताउँछिन् । उनले भनिन् ‘महिला समाजका केही काम गर्न जाँदा ऊ माथि आउने नकारात्मक टिप्पणीले आत्मबलको कमी हुन्छ र उसले आत्महत्या गर्ने सोचमा पुग्छ । त्यसैले अब आफूबाट सकारात्मक सोच संगै आत्मबल उठ्ने गरी सहयोग गर्नुपर्दछ ।’
प्रहरीका अनुसार आर्थिक २०६८/६९ मा २०१ ,२०६९/७० मा २०२, २०७०/७१ मा २३१ र २०७१/७२ मा १६३ जनाले आत्महत्या गरेका थिए । यि मध्ये आव २०६८/६९ मा ११९,२०६९/७० मा १०४, २०७०/७१ मा १३९ र २०७१/७२ मा १०४ जना महिला रहेका छन् ।आत्महत्या गर्ने महिलाहरुमध्ये आव.२०६८/६९ मा झुण्डिएर ७४ जना र विष सेवन गरेर ४४ जना र आगो लगाएर १ जनाले महिलाले आत्महत्या गरेका छन् ।
त्यसैगरी २०६९/७० मा झुण्डिएर ५७, विष सेवन गरेर ४७ जनाले आत्महत्या गरेका छन् । २०७०/७१ मा झुण्डिएर ९०, विष सेवन गरी ४८ र आगो लगाएर १ जनाले आत्महत्या गरे भने २०७१/७२ मा झुण्डिएर ५६ र विष सेवन गरेर ४८ जना महिलाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षको ७ महिनामा ४५ महिलाले आत्महत्या जना महिलाले आत्महत्या गरेका छन् ।
घरेलु हिंसा जस्तै, मानसिक र शारिरीक यातना सामाजिक कारण जस्तै, अस्वस्थ प्रेम सम्बन्ध, चारित्रिक आरोप, गरिवि,अशिक्षा/जनचेतनाको कमी, मादक पदार्थ सेवन जस्ता कारणले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीकी महिला सेलकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराको भनाइ छ ।
प्रकाशित मिति २०७२ फागुन १३ गते बिहीवार
Comment Here!