आस्था केसी
काठमाडौंं । ललितपुर ज्वागलचोक नजिकै रहेको किड्स मेरिल्याण्ड स्कुलकी विद्यार्थी नेहा जैसवाल स्कुल मैदानमा साथीहरूसँग फुटबल खेलिरहेकी भेटिइन् । कक्षा ३ कि विद्यार्थी नेहा फुटबल, क्रिकेट र व्याडमिण्टन खेलमा रूची भएको सुनाइन । उनका आमा बुबा भने ज्वागलचोकमै तरकारी पसल गरेका छन् ।
स्कुलमा हुने धेरै जसो अतिरिक्त क्रियाकलापमा भाग लिएर कुनै न कुनै पुरस्कार हात पार्ने नेहा कक्षाको पनि पहिलो हुने विद्यार्थी पनि हुन् । मैदानमा खेल्दै गरेकी नेहाँले भनिन ‘ठूलो भएपछि क्रिकेट खेलाडी बन्ने हो ।’
कक्षा ३ की अर्की छात्रा बिमला कार्की भने पछि गएर फुटबलको ठूलो खेलाडी बन्ने सपना बोकेकी छिन । मेडिकल सञ्चालक उनका बुबाआमा पनि उनलाई खेल्नमै हौसला दिनुहुन्छ रे ।
खेलाडीको पोशाकमा ज्वागलचोकमा रहेको किड्स मेरिल्याण्ड स्कुलका बालबालिका
सोही स्कुलको कक्षा ५ मा अध्ययन गर्ने ११ वर्षीय आयुष्मान बज्राचार्य पनि भबिष्यमा फुटबल खेलाडी बन्ने लक्ष्य राखेका छन् । उमेरले सानै भएपनि खेलमा गोल गर्न पाँउदा उनलाई निकै खुशी लाग्छ । किड्सका खेलकुद शिक्षक सुरज बज्राचार्यले विद्यालयमा विद्यार्थीलाई पढाईको साथसाथै खेलकूदमा पनि उत्तिकै महत्व दिनु पर्ने बताउनुहुन्छ ।
नेपालले पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा क्रिकेट र फुटबल खेलमा राम्रो प्रगति गरेपछि यहाँका बालबालिका भविष्यमा खेलाडी बन्ने सपना देख्न थालेको शिक्षक बज्राचार्यले सुनाउनुभयो ।
केहीवर्ष अगाडिसम्म पढेर डाक्टर, पाइलट र इन्जिनियर बन्ने सपना देख्ने बालबालिका अहिले पढेर खेलाडी बन्ने लक्ष्य लिएको सुनाउँछन् । अभिभावकहरू पनि आफ्ना बालबच्चालाई एकोहोरो पढ्न मात्र भनेर कर गर्नुभन्दा खेलमा पनि विकास गरोस् भन्ने चाहना राख्न थालेको बज्राचार्यले बताउनुभयो ।
मिति २०७२ फागुन १३ गते बिहीवार
Comment Here!