सेडाको उम्मेदवारमा अधिकारकर्मी राणा


प्रकाशित मिति :2016-02-25 16:09:49

महिला खबर

bndanaकाठमाडौं। महिलामाथि हुने भेदभावविरुद्ध सयुक्त राष्ट्रसंघीय समिति सेडाको सदस्यमा नेपालका तर्फबाट अधिकारकर्मी बन्दाना राणा राणालाई नेपाल सरकारले उम्मेदवार बनाउने भएको छ। समितिको उम्मेदवार राणालाई बनाउन परराष्ट्र मन्त्रालयले प्रक्रिया अघि बढाएको हो। परराष्ट्र मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको वैठकले राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। २० वर्षदेखि अधिकारको क्षेत्रमा कार्यरत  राणा संचारिका समूहका संस्थापक अध्यक्ष हुनुहुन्छ।

सन् २०१७ देखि सेडाको ३ वर्षे कार्यकालका लागि आउँदो जुन महिनामा अमेरिकाको न्युयोर्कमा पदाधिकारीको निर्वाचन हुँदैछ। महिलामाथि हुने सवै प्रकारका हिंसा अन्त्य सम्बन्धि महासन्धि सिडका पक्ष राष्ट्र मुलुकले २३ सदस्यीय समितिका सदस्य छनौट गर्ने प्रावधान रहेको छ।

यसअघि सन् २०१४ मा नेपालले पुर्व सभासद तथा अधिकारकर्मी सपना मल्ल प्रधानलाई सेडाको सदस्यमा उम्मेदवार बनाएको थियो, तर उहाँ पराजित हुनुभएको थियो।

प्रकाशित मितिः २०७२ फागुन १३ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: