किशोरीलाई एचपीभीविरुद्धको खोप दिइने


प्रकाशित मिति :2016-02-26 10:33:12

महिला खबर
पोखरा। महिलाको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि किशोरीलाई दिइने ह्युमन प्यापिल्लोमा भाईरस (एचपीभी)विरुद्धको खोप कास्कीमा फागुन १६ गते देखि शुरु हुने भएको छ।

कास्की जिल्लामा कक्षा ६ मा अध्ययरत करिब ६ हजार ५ सय तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका २०० जना किशोरीलाई ३४८ विद्यालय र ५५ वटा खोप केन्द्रमार्फत खोप दिइने जानकारी जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले दिनुभयो।

विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी संसारभर २ लाख ७० हजार महिलाको पाठेघर मुखको क्यान्सर कारण ज्यान जाने गर्छ। जसमध्ये ८५ प्रतिशत महिला विकासोन्मुख राष्ट्रका छन्। नेपालमा भने हरेक वर्ष १० हजार महिलालाई पाठेघरमा क्यान्सर हुने अनुमान गरिएको छ । नेपालमा महिलाको मृत्युको कारण मध्ये प्रमुख पाठेघरको क्यान्सर मानिएको छ।

पाठेघरकाे मुखमा हुने क्यान्सर न्युनिकरणका लागि एचपीभीविरुद्धको खोप लगाउनुपर्ने हुन्छ। बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले महिनावारी सुरु हुनु अगावै किशोरीलाई यो खोप दिनुपर्ने बताउनु भयो। उहाँका अनुसार यो खोप ६ महिनाको अन्तरमा दुईपटक तालिम प्राप्त स्वास्थ्यकर्मीबाट दिइन्छ।

९ वर्षदेखि १३ वर्ष उमेर समूहलाई यो खोप प्रभावकारी भएपनि सबैको पहुँचमा भने पुग्न नसक्ने उहाँको भनाइ छ। दुई मात्रामा पुरा हुने यो खोपको एक मात्राकै दश हजार रुपैयाँ पर्न आउँछ। अष्ट्रेलियाली सरकारको सहयोगमा संच्ाालित यस खोप कार्यक्रम आगामी वर्षदेखि निरन्तर रहने अपेक्षा गरिएको गाैतमले बताउनुभयो।
यो खोप संसारभर ५० भन्दा धेरै राष्ट्रमा प्रयोग भएको छ। सार्क राष्ट्रमा भुटानपछि नेपालमा प्रारम्भिक चरणमा कास्की र चितवन जिल्लामा संचालन हुन लागेको हो।

पोखराको २९ वडामा फागुन १६ देखि २१ गते तथा लेखनाथ नगरपालिका र कास्कीका ३२ गाविसमा फागुन २३ गतेदेखि ३० गतेसम्म संचालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख सागर प्रसाद घिमिरेले जानकारी दिनु भयो।

प्रकाशित मितिः २०७२ फागुन १४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: