सजिलो छैन उजुरी गर्न


प्रकाशित मिति :2016-02-26 11:52:52

दाईजोका कारण महिलालाई जलाउनसम्मको अपराध हुँदा पनि घर परिवार छोडेर एक्लै बस्ने अवस्था नभएकाले पीडित महिला उजुरी गर्नै सक्दैनन्।

रुपनी जी.एम

Rupani Gmबाँके। शरिरमा आगो लगाएपछि आफन्त र छिमेकीले अस्पताल पुर्‍याएकी बर्दियाकी सीता शेष (२६) ले होसमा आएपछि आफैँले आफ्नो शरिरमा आगो लगाएको बताईन्। माईत जाने विषयमा झगडा भएपछि आफूले शरीरमा आगो लगाएको उनको भनाइ छ। सीता भन्छिन्, ‘मैले आजै जानुपर्छ भने, श्रीमानले दुई—चार दिन पछि जाउँला भन्नु भएको थियो। आवेशमा आएर आगो लगाएकी हुँ।’

अस्पतालबाट उपचारपछि घर फर्किएकी सीतासँग कुरा गर्न श्रीमान र परिवारका सबैजसो सदस्यसँग पनि अनुमति लिनुपर्‍यो। एक्लै बसेर कुराकानी गर्दा पनि आफ्ना सबै कुरा भन्न सीताले अप्ठ्यारो मानिन्। उनले आफ्नो शरिर कसरी जल्यो भन्ने बारेमा खुलेर कुरा गर्न धक मानिन्। बोल्दा पनि सीताको हात थर्थरी काँपीरहेका थिए, आँशुले आँखा टिल्पिलाइ रहेका थिए। सत्य कुरा सुनाउँन चाहेर पनि केही बाध्यतामा बाँधिएको आभास गर्न सकिन्थ्यो। उनका वाक्य र मन्द स्वर सुन्दाखेरि नै लाग्थ्यो– उनी खुलेर बोल्न सकिरहेकी छैनन्। केही कुरा लुकाइरहेकी छिन्।

घटनापछि श्रीमानसँगै बस्दै आएकी सीता अग्नि हिंसा पीडित नेपालको सहयोगमा झण्डै ७ महिनाको उपचारपछि घर फर्किएकी छन्। उनको कम्मर माथिको धेरै भाग जलेको छ। उपचारपछि शरीरको घाउ त विस्तारै पुरिँदै छ, तर मनको घाउ कहिले पुरिने हो थाहा छैन। सीता भन्छिन्, ‘पहिला हातमा र छातीमा घाउ थियो, अहिले छातीमा धेरै छ, हातमा पनि पुरै निको भैसकेको छैन।’ सीताको एउटा हात चल्छ अर्काे राम्रोसँग चल्दैन्।

माघ दोश्रो साता बेलासपुर १६ बाँकेकी रानी शेषलाई पनि जलेको अवस्थामा अस्पताल पुर्‍याईयो। नेपालगञ्जमा उपचार गर्न सक्ने अवस्था नभएपछि उपचारको लागि भारतको लखनउ पुर्‍याए पनि रानीलाई बचाउँन सकिएन। परिवारले आफँै शरीरमा आगो लगाएको बताएका छन् भने रानीले पनि आफैँ जलेको बयान दिएकी थिईन्।

जस्तोसुकै हिंसा भएपनि परिवारसँगै बस्नु पर्ने भएकाले महिलाहरू आफूमाथि भएको ज्यादती चुपचाप सहेर बस्ने अवस्थामा छन्। हिंसामा परेका मध्ये थोरैले मात्र अपराधीविरुद्ध लडेर अगाडी आउने हिम्मत राख्दछन्।

आफूमाथिको हिंसाकविरूद्ध खुलेर बाहिर आएकी बाँके लक्ष्मणपुर गाविसकी रिहाना शेष ढपालीलाई पनि परिवारविरूद्ध अगाडी आउन सजिलो थिएन्। दाईजोमा भैँसी र मोटरसाईकल नल्याएको भन्दै श्रीमान फरिद शेष ढपाली, सासु सौजाहाँ शेष ढपाली र ससुरा हनिफ शेष ढपालीले तीन चैत २०७० मा आफ्नै घरमा जिउँदै जलाएर मार्ने प्रयास गरेपनि रिहानालाई समयमा उपचार गर्नाले बचाउँन सकियो। परिवारविरूद्ध बोले घर छोड्नु पर्दछ भन्ने जानकारी हुँदाहुँदै पनि रिहाना आफूलाई जलाउने अपराधीविरूद्ध खुलेर अगाडी आईन्।

अाफ्नै पसलमा रिहाना

अाफ्नै पसलमा रिहाना

उपचारपछि रिहाना माइतीमा बस्दै आएकी छन्। दाईजोका लागि महिला जल्नु पर्ने यो घटनाले अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा पाएको थियो। आफूलाई जलाएको दिनको घटना सुनाउँदै रिहाना भन्छिन्, ‘बुवाले सबै दिनु भएको थियो, भैंसी र मोटरसाइकल दिनु भएको थिएन। दाईजोका लागि जल्नु पर्‍यो।’ परिवारले राखेको दाईजोको मागका विषयमा रिहाना भन्छिन् ‘विवाह हुनुभन्दा पहिला नै भनेका थिए, यदि दाईजोमा तेरो बुवाले भैंसी र मोटरसाईकल नदिए तँलाई जिउँदै जलाईदिने छौं।’

उपचारपछि माइती फर्किएकी रिहानाले अग्नि हिंसा पीडित संस्थाको सहयोगमा किराना पसल चलाएकी छन्। विभिन्न क्षेत्रबाट साथ र सहयोग पाए पनि न्याय नपाएकी रिहाना भन्छिन् ‘मलाई घरको न घाटको अवस्थामा पुर्‍याउने ती अपराधीलाई अहिलेसम्म कुनै कारबाही भएको छैन, त्यसैले मलाई पीडा हुन्छ।’ अपराधीहरू कार्वाहीमा नपरेकाले फेरी पनि आक्रमण गर्छन् कि भन्ने डर लागि रहने रिहाना गुनासो गर्छिन्। कसैले पढाई खर्च जुटाईदिए पढेर आफ्नो खुट्टामा उभिने रहर छ उनलाई। दाहिने खुट्टाको घाउ ठिकै छ, तर बाँया खुट्टामा फेरी बल्भि्कएको छ। सहन नसक्ने गरी दुख्ने भएकाले धेरै हिंड्न नसक्ने रिहानालाई अझैं पनि उपचारका लागि सहयोगको खाँचो छ।

मानव अधिकार अवस्थाको अध्ययन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक क्षेत्रीय कार्यालय बाँकेको विवरण अनुसार सन् २०१२ देखि २०१६ को फेब्रुवरीसम्म मध्यपश्चिमाञ्चलमा तीन सय ३८ वटा महिला हिंसाको घटना भएका छन्। जसमा जलार्ईएका घटना आठ वटा छन्। ईन्सेकका क्षेत्रीय संयोजक भोला महत भन्छन्, ‘दाईजोकै कारण महिलामाथि हिंसा भए पनि पीडित महिलाले खुलेर उजुरी गर्न सक्ने अवस्था छैन। परिवार छोडेर एक्लै बस्ने अवस्था नभएकाले हिंसा विरुद्ध खुलेर बोल्न सक्ने अवस्था छैन।’

राष्ट्रिय मानव अधिकार आयोग मध्यपश्चिमाञ्चलका क्षेत्रीय निर्देशक मुरारी खरेल पुर्नस्थापनाको अभावमा पीडित महिला घरमै हिंसा सहेर बस्नु पर्ने बाध्यता रहेको बताउँछन्। गरिब र विपन्न समुदायका महिला धेरै हिंसामा पर्ने भएकाले पीडित महिलालाई न्याय दिलाउनको लागि पुर्नस्थापना केन्द्र खोली उनीहरूलाई सीप सिकाउन आवश्यक रहेको संयोजक खरेलको भनाइ थियो।

(जी.एम बाँकेबाट प्रशारण हुने रेडियो बागेश्वरीमा कार्यरत छन्।)

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: