रुपा गहतराज
नेपालगन्ज । रुबी खान मुस्लिम महिलाको अधिकारको क्षेत्रमा वकालत गर्दै आएकी एक जुझारु सामाजिक कार्यकर्ता हुन । आफनो समुदायका विरुद्ध आवाज उठाउनु उनका लागि चानचुन कुरा होइन । मुस्लिम समुदायमा हुने महिला हिंसाविरुद्धको आवाज उठाउँदा समाजले सजिलै साथ दिने त कुरै छैन, रुबीले परिवारको समेत साथ पाएकी छैनन् ।
कसैको साथ नपाए पनि समाजमा रहेको अन्धश्विास र महिला हिंसा विरुद्धे आफनै परिवार र समुदायमा बिद्रोह गरेर परिवर्तनका लागि अधिकारकर्मीको परिचय बनाउन सफल भएकी छन् । यो परिचयका लागि उनले लामो संघर्ष भने गर्नु परेको थियो ।
मुस्लिम महिलाको क्षेत्रमा लामो समयदेखि वकालत गर्दै आएकी बाँकेकी रुबी खानमाथि आफनै समाजबाट आउने डर त्रास र धम्कीको सामान गर्नु परेकै छ । तर, पनि उनी निरन्तर अधिकारको क्षेत्रमा क्रियाशील छिन् । उनले भनिन् ‘गलत सोच राख्ने समाजदेखि डराएर भाग्यो भने परिवर्त कहिल्यै हुँदैन । न्यायको बाटो हिँड्दा छेक्ने धेरै भेटिन्छन् । पन्छाउँदै जाने हो ।’
मुस्लिम महिला समाजकी केन्द्रिय सदस्य रुबी खान अन्यायमा परेका महिलालाई न्याय दिलाउन हिँडेका अधिकारकर्मी महिला आफैँ हिंसामा पर्दै आएको बताउँछिन । महिला खबरडटकमसंग कुरा गर्दै उनले भनिन् ‘पीडितको न्यायका लागि लडदा पीडकबाट असुरक्षित महसुस गर्नुपर्छ ।’ प्रहरी प्रशासन सम्बेदनशील नभई दिँदा अन्यायमा परेका महिलालाई न्याय दिलाउन सजिलो नभएको उनको आरोप छ ।
प्रकाशित मिति २०७२ फागुन १४ गते शुक्रवार
Comment Here!